नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा नेकपा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बताएका छन् ।शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै बानियाँले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप समेत लगाएका छन् । ‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छन् । तर, नौवटा दल मिलेको सबैलाई थाहा छ&rsq