माघ १६, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड २५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ८० लाख ४८ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीले रू. ३ करोड ४५ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । कर्मचारी खर्च यस वर्ष बढेकाले कम्पनी सञ्चालन नोक्सानीमा गएको हो । गत वर्ष रू. ४ करोड ६९ लाखभन्दा बढी कर्मचारी खर्च गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ९० लाख गरेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड १३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको थियोे । हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार रहेको छ । रिटेन्ड अर्निग रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम रू. ११ करोडभन्दा बढी रहेको छ ।
कम्पनीले गत वर्षभन्दा १० दशमलव ३४ प्रतिशत कम अर्थात् रू. ४ अर्ब ४ करोड निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४७ प्रतिशत बढी अर्थात् रू. ४ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष ४ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव २५ प्रतिशत पुगेको छ ।