सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : आरोपीमध्ये चारजनाको बयान सकियो

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको करीब १५ करोड ७५ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका पाँचमध्ये चार प्रतिवादीको बयान सकिएको छ । उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजन भट्टराईको इजलाशमा उनीहरूको बयान बिहीवार सकिएको हो । पक्राउ परेका रामेछाप घर भई विराटनगरमा बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेललाई कोरोना संक्रमण देखिएको छ । उनको हकमा संक्रमण ठीक भएपछि अदालतमा उपस्थित गराइनेछ । ‘बैंकिङ कसुर’ मुद्दामा पक्राउ परेका बैंकका तत्कालीन सीईओ विराटनगर–५ घर भएका ४७ वर्षीय नवीन सुवेदीको बयान बुधवार नै सकिएको थियो । बैंकका तत्कालीन जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख विराटनगर १ का २९ वर्षीय हिमाल भट्टराई, बैंकको लेखा प्रमुख विराटनगरका ४८ वर्षीय देवीप्रसाद भण्डारी र कनिष्ठ अधिकृत ३६ वर्षीय अमित थापा मगरको बयान बिहीवार साँझ सकिएको उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट ओमराज सुवेदीले जानकारी दिए । प्रतिवादीहरूको बयान दुई दिन लगाएर सकिएकाले शुक्रवार सबेरै थुनछेक बहस शुरू हुने उनले बताए । ‘अदालत खुलेपछि थुनछेक बहसका लागि गोलाप्रथाबाट इजलाश तोकिनेछ,’ उनले भने । थुनछेक बहसमा वादी र प्रतिवादीका कानून व्यवसायीले परैवी गरेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश हुनेछ । चार प्रतिवादीहरूको तर्फबाट पैरवी गर्न एक दर्जन कानून व्यवसायीले ‘वकालत नामा’ भरेका छन् । बैंकका तत्कालीन सीईओ सुवेदीले तीनजना कानून व्यवसायी राखेका छन् । बैंकिङ कसुर मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका बैंकका सीईओसहित ९ जना कर्मचारी र तीनजना खातावालाहरूलाई प्रतिवादी बनाएर अदालतमा मंगलवार अभियोग दर्ता गरेको थियो ।

सम्बन्धित सामग्री

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बैंकिङ्ग सेवा अव आइतबार पनि

सातामा शनिवार र आईतबार गरी दुई दिन बिदा दिने निर्णय भएसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आईतबार पनि बैंकिङ्ग सेवा प्रदान गर्ने निर्णय गरेको छ ।यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक) बाट यही जेष्ठ १ गते देखिनै सेवा प्रदान गर्ने छ ।यस्तै आगामी दिनमा बजारक

सप्तकोशी डेभलपमेन्ट बैंक रू. ७ करोड ३८ लाख नोक्सानीमा

वैशाख १८, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू.७ करोड ३८ लाख नोक्सानी ब्यहोरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ४ करोड २५ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ८९ प्रतिशत घटेकाले र सञ्चालन नाफा रू.७ करोड ५८ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । कम्पनीको चुक्तापूँजी रू.८३ करोड ४३ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ८२ लाख सञ्चित गरेको छ । यो जगेडा कोष गत आवको तुलनामा २० प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले जगेडामा रू. ९ करोड ८० लाख सञ्चित गरेको थियो । चालू आवमा कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी रू.११ दशलमव ८०(ऋणात्मक) रहेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ५० धनात्मक थियो ।चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू.४ अर्ब ५ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ८४ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव ५९,तरलता अनुपात २० दशलमव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९८ दशलमव शून्य ४ रहेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक प्रकरण : सिइओ एक्लैले १४ करोडभन्दा बढी रकम अपचलन

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट भएको करिब १६ करोड रुपैयाँ हिनामिना प्रकरणमा सिइओ एक्लैले १४ करोडभन्दा बढी रकम अपचलन गरेको पाइएको छ।बैंकका तत्कालीन सिइओ नवीन सुवेदीले पदीय दुरुपयोग गर्दै रकम हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले दिदी नाता पर्ने झापा दमक नगरपालिका–१३ की ४३ वर्षीया बबिता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७३५ रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको

सप्तकोशी डेभलपमेन्ट बैंक ३ करोडभन्दा बढी खुद नोक्सानीमा

माघ १६, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड २५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।  गत वर्ष यस अवधिसम्म रू. ८० लाख ४८ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीले रू. ३ करोड ४५ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । कर्मचारी खर्च यस वर्ष बढेकाले कम्पनी सञ्चालन नोक्सानीमा गएको हो । गत वर्ष रू. ४ करोड ६९ लाखभन्दा बढी कर्मचारी खर्च गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ९० लाख गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड १३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको थियोे । हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार रहेको छ । रिटेन्ड अर्निग रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम रू. ११ करोडभन्दा बढी रहेको छ । कम्पनीले गत वर्षभन्दा १० दशमलव ३४ प्रतिशत कम अर्थात्  रू. ४ अर्ब ४ करोड निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४७ प्रतिशत बढी अर्थात् रू. ४ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष ४ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव २५ प्रतिशत पुगेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणः सीईओसहित थप तीन जना कर्मचारी पक्राउ

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा बैंकका सीईओ नवीन सुवेदीसहित थप तीन जना कर्मचारी पक्राउ परेका छन् ।

सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ हिनामिना गर्ने हिमाल भट्टराई पक्राउ

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको […] The post सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ हिनामिना गर्ने हिमाल भट्टराई पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको […] The post सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, ३० जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार स्थिर रहेको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३७२ रहेको छ । यो दिन कम्पनीको शेयर मूल्य रु. ३८० सम्म पुगेको थियो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ४ करोड ५२ लाख ७३ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. ५ करोड २३ लाख ३४ हजार नाफा कमाएको थियो । नाफामा गत आवको त्ुलनामा चालू आवमा १८ प्रतिशतले कमी आएको हो ।नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ६ दशमलव ६५ रहेकामा चालू आवको सोही अवधिमा रु. ५ दशमलव १० मा सीमित भएको हो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बियरिसमा जाने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७६ दशमलव ९२ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ७० बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ३७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४० मा टेवा पाउने देखिन्छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैंक बीच कार्ड सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र “ख” वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगद...