विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट भएको करिब १६ करोड रुपैयाँ हिनामिना प्रकरणमा सिइओ एक्लैले १४ करोडभन्दा बढी रकम अपचलन गरेको पाइएको छ।बैंकका तत्कालीन सिइओ नवीन सुवेदीले पदीय दुरुपयोग गर्दै रकम हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले दिदी नाता पर्ने झापा दमक नगरपालिका–१३ की ४३ वर्षीया बबिता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७३५ रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको