सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला काण्ड : प्रतिवादी १२ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी भएको छ । बैकिङ कसुर मुद्दामा बैंकका तत्कालीन सीईओ नविन सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो । मुद्दा दर्ताको लागि सोमबार अन्तिम दिन हो । सोमबार पनि नभए म्याद थप गर्नुपर्ने भएको कारण त्यसअगाडि नै मुद्दा दर्ताको तयारी गरेको सरकारी वकिलको कार्यालय मोरङले जनाएको