सप्तकोशी डेभलपमेन्ट बैंक रू. ७ करोड ३८ लाख नोक्सानीमा

वैशाख १८, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू.७ करोड ३८ लाख नोक्सानी ब्यहोरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ४ करोड २५ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ८९ प्रतिशत घटेकाले र सञ्चालन नाफा रू.७ करोड ५८ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । कम्पनीको चुक्तापूँजी रू.८३ करोड ४३ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ८२ लाख सञ्चित गरेको छ । यो जगेडा कोष गत आवको तुलनामा २० प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले जगेडामा रू. ९ करोड ८० लाख सञ्चित गरेको थियो । चालू आवमा कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी रू.११ दशलमव ८०(ऋणात्मक) रहेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ५० धनात्मक थियो ।चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू.४ अर्ब ५ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ८४ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव ५९,तरलता अनुपात २० दशलमव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९८ दशलमव शून्य ४ रहेको छ ।   

सम्बन्धित सामग्री

निष्क्रिय कर्जा बढेसँगै सप्तकोशी डेभलपमेन्ट बैंक रू. २७ करोड ४९ लाख नोक्सानीमा

काठमाडौं । सप्तकोशी  डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालू आवको तेस्रो त्रैमाससम्म कम्पनी रू. २७ करोड ४९ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्म पनि कम्पनी रू. ७ करोड ३८ लाख नोक्सानीमा थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा र इम्पेरिमेन्ट चार्ज बढेकाले नोक्सानी बढेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १० दशमलव ७२ प्रतिशत रहेकोमा चालू आवमा १८ दशमलव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेरिमेन्ट चार्ज गत आवमा रू. १३ करोड ३३ लाख रहेकोमा चालू आवमा रू. २८ करोड ४५ लाख पुगेको हो । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा रू. २७ करोड ४९ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १३ प्रतिशत घटेको हो । गत आवमा कम्पनीले रू. १६ करोड ७० लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. १४ करोड ४५ लाखमा झरेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. १३ करोड ३ लाख सञ्चित गरेको छ भने रिटेन्ड अर्निङ रू. ३८ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९५ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको तरलता अनुपात ३० दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ  रू. ६९ दशमलव ५१ रहेको छ ।