खुल्लमखुला लेनदेनको राजनीतिले चुनावी प्रक्रियामा निर्वाचनपूर्वको राजनीतिक समीकरणको खाका कोर्न थालेको छ। कांग्रेसभित्र शेखर कोइराला समूह समानुपातिकमा ३५ प्रतिशतको हैसियत प्राप्त गर्न सफल भएपछि प्रत्यक्षतर्फ कमसेकम ४० प्रतिशत उम्मेदवार आफ्ना हुनुपर्ने अडानमा छ। नेपाली कांग्रेस सिद्धान्त, आदर्श र विकेन्द्रीकृत सांगठनिक चरित्रको पार्टी हैन र त्यहाँ निजी वफादारीका आधारमा नेताले टिकट वितरण गर्छन् भन्ने कुराको प्रमाण […]