हाम्रो मौलिक अचार खल्पी परम्परागत रूपमा कसरी बनाइन्छ भन्ने शहरवासीलाई धेरै उत्सुकता हुने रहेछ । सधैं व्यस्त रहने शहरबासीका लागि यस्ता मौलिक परिकारले लोभ्याउँछ तर बनाउने समय मिल्दैन ।
एक दिन छुट्टीमा के मात्र गर्ने भनेर अधिकांश परिकार बाहिरै बनेको चाख्ने बानी परिसकेको छ तर व्यावसायिक रूपमा बनेको कुनै पनि परिकारमा गाउँघरको जस्तो स्वाद हुँदैन । जति कम सामग्री प्रयोग गरेर परिकार बनायो, त्यति नै स्वादिष्ट हुने परिकारविद्हरूको सूत्र छ ।
किनकि हरेक खानाको आफ्नै स्वाद, पहिचान र महत्त्व हुन्छ । त्यसमा नानाथरि मिसाएर त्यस...