आनन्द र शान्तिको लागि मौलिक मुहारको पहिचान

ओशोका अनुयायी स्वामी चैतन्य कीर्तिजी केही समयअगाडि काठमाडौं आउँदा उहाँले तनावबारे दिनु भएको प्रवचनमा सहभागी हुने अवसर पाइएको थियो । उहाँले भन्नु भएको थियो, शान्तिका लागि मौलिक चेहरा (मुहार)को पहिचान गर्नु आवश्यक छ । मौलिक मुहार के हो ? कसरी यसलाई पहिचान गर्न सकिन्छ ? तनावबाट कसरी मुक्त भएर आनन्द र शान्ति जीवन बाँच्न सकिन्छ ? भन्ने विषयमा उहाँले प्रस्ट्याउनु भएको थियो । सोही सन्दर्भमा यो लेख केन्द्रीत छ ।के हो मौलिक मुहार ?साधारण अर्थमा मौलिक भन्नाले असली वा वास्तविक भन्ने जनाउँछ ।  जुन रुप