ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा

दोहा- ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली मौलिक पञ्चेबाजा पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको छ। ओमानस्थित नेपाली दूतावास, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्था मिलेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको हो। पञ्चेबाजा […]

सम्बन्धित सामग्री

पर्यटन दिवसमा मिनी महोत्सव गरिने

पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले पर्यटन दिवसका अवसरमा असोज ११ गते मिनी महोत्सव गर्ने भएको छ । रेबान पोखराले हरेक वर्ष गर्दै आएको मिनी महोत्सवलाई यस वर्ष स्वास्थ्य सतर्कतासहित निरन्तरता दिइने संस्थाका अध्यक्ष लक्ष्मण बरालले बताए । खोपको सहजता र निषेधाज्ञा खुला भएसँगै पर्यटनलाई चलायमान गराउन एकदिने मिनी महोत्सवको आयोजना गरिएको जानकारी उनले दिए । उनका अनुसार महोत्सवमा सांगीतिक ब्यान्ड, नेवार समुदायको लाखे नाँच, पञ्चेबाजा, थारू समुदायको प्रचलित झुम्रा नृत्य, गन्धर्व समुदाय लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । कोरोना महामारी पूर्णरूपमा निर्मूल भइनसकेकाले महोत्सव क्षेत्रमा ‘नो भेइकल जोन’ अवधारणा अपनाएर भीडभाड व्यवस्थित गरिने बरालले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाका कारण सुस्ताएको पर्यटनलाई चलायमान गराउन पर्यटक लक्षित गतिविधि आवश्यक रहेको भन्दै मिनी महोत्सवले पोखरा सुरक्षित र खुला रहेको सन्देश दिने बताए । कोरोना महामारीले आक्रान्त भएको पर्यटन क्षेत्रलाई वित्तीय संस्थाले ब्याजदर बढाएर थप पीडा दिएको भन्दै उनले सिंगल डिजिटमा ऋण उपलब्ध गराएर पर्यटन व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत नवीन पोखरेलले पर्यटन दिवसका अवसरमा कूटनीतिक नियोगका पदाधिकारीको टोली पोखरा र आसपासको पदमार्गमा पुग्ने र यसले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए । रेबानका सचिव भीष्मराज पौडेलले पोखरा खुल्दै छ र यहाँका व्यवसायी पाहुनालाई सेवा दिन तयार छन् भन्ने सकारात्मक सन्देश र पर्यटन दिवस पोखरामा मनाउन निम्तो दिन पनि महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक र प्रदेश सरकार पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद् सहयोगी रहेका छन् । रासस