मौलिक देउसी-भैलो जोगाउँदै पाल्पाका युवा

तानसेन- तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ। गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्त्व थियो। बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो। पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही समूहले प्रयास गरेका छन्। जिल्लाको लालुपाते नौमती मगर बाजा समूहले यस वर्षको तिहारमा नौमतीको तालमा मौलिक गीतहरू गाएर देउसीभैली खेल्यो। […]