र्यापर सुदिप भण्डारी ‘जी बब’ र उनका परिवारले एक अर्काविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दोहोरो उजुरी गरेका छन् । कम्पनी अल नेपाल थग फेमिली नामक संस्थाले बन्धक बनाएको उनको परिवारको आरोप छ । तर, जी बबले आफुलाई सो संस्थाले बन्धक नबनाएको दाबी गरेका छन् ।दोहोरो उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छलफलमा बोलाएको छ । पारिवारिक मामला भएको हुनाले दुवै पक्षलाई छलफलका लागी झिकाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रातोपाटीलाई बताए ।