काठमाडौं : नेकपा एमाले दोलखाले स्थानीय तहका उमेदवारहरू छनोट गर्दा सर्वसम्मत गरेको भनिएको निर्णयका विरुद्धमा बागमती प्रदेश कमिटीमा उजुरी दर्ता भएको छ।सहमतिका नाममा जबरजस्ती एकल निर्णय लाद्न खोजिएको भन्दै भीमेश्वर नगरपालिकाका केही आकांक्षीहरूले प्रदेश कमिटी समक्ष उजुरी गरेका हुन्। जिल्लाका ९ पालिकामा उम्मेदवारी टुंगो लगाउन वैशाख ७ गते चरिकोटमा बैठक बसी उमेदवारहरूको नाम छलफल गरिएको थियो।छलफलमा जिल्लाका अन्य पालिकामा नयाँ उम्मेदवारहरूको नाम छनोट भएको थियो भने भीमेश्वर नगरपालिकामा वर्तमान