वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय, पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फर्छ्यौट गरेको छ। अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट तीन सय ८८ उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए। यस्तै, सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ। […]