तत्काल गुठी विधेयक ल्याउन सांसद सुब्बाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले संसदमा तत्काल गुठी विधेयक ल्याउन माग गरेकी छन् । बिहीबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुब्बाले ६८ जिल्लाका २ हजार ३३५ राजगुठी, ७३ हजार ५१२ हेक्टर जग्गा र त्यही हाराहारीमा रहेको छुट गुठीको व्यवस्थापन गर्न गुठी विधेयकको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिइन् । सांसद सुब्बाले स्वर्गद्वारी गुठीका […]

सम्बन्धित सामग्री

गुठी विधेयक छिट्टै ल्याउँछौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी विधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलिपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रियामा उक्त गुठी विधेयक ल्याउने जानकारी गराए । पुरानो कानूनमा भएका राम्रा कुरा अंगीकार गर्दै परिर्वतित समय र […]

गुठी विधेयक ल्याउन माग

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गुठी विधेयक ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद चौधरीले किसानका समस्या समाधान गर्न गुठी विधेयक ल्याउन माग गरेका हुन् ।  उनले स्वर्गद्वारीका किसान...

गुठी विधेयक ल्याउने तयारीमा सरकार

सरकारले गुठी विधेयक ल्याउने तयारी गरेको छ । गुठी विधेयककै विषयमा तीन वर्षअघि राजधानीमा आन्दोलन हुँदा विधेयक आउन नसकेको र अब गुठी विधेयक तयार गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बताएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले […]

गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता

राष्ट्रियसभाको मंगलबारको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राखेकी थिइन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गरे ।

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको आजको...