परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितको प्रतिनिधिमण्डल युरोपको भ्रमण सकेर स्वदेश फिर्ता भएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानको भ्रमण सकेर उहाँ स्वदेश फर्कनुभएको हो ।
सर्बियाको राजधानी बेलग्रेडमा भएको दुईदिने असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा उहाँले दुई शक्ति राष्ट्रको पक्षमा कतै नलागेर तटस्थ रूपमा विश्वशान्ति र लोकतन्त्र, मानव अधिकारको वकालत गरेको बताउनुभयो । असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलन आयोजना भएको ६० वर्ष पूरा भएको अवसरमा उच्चस्तरीय बैठक आयोजना गरिएको थियो ।