'बुस्टर डोज' लगाउने तयारी गरिरहेका धनी देशलाई हतार नगर्न डब्ल्यूएचओको आग्रह

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेब्रेसियससले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेका बताउनुभयो । उहाँले आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप वितरणका लागि सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । धनी तथा पहुँच वाला देशले कोरोना विरुद्धको खोपको तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने तयारी गरिरहेका बेला डब्ल्यूएचओका महानिर्देशक ...