फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर

काठमाडौं । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा […] The post फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू

७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ । घरेलु […]

काठमाडौं महानगरले सुरु गर्‍यो फोहोरबाट कम्पोस्ट मल उत्पादन

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन सुरु गरेको छ । टेकुस्थित वातावरण परिसरमा दुई साताअघिदेखि कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको हो । फोहोरबाट मल बनाउन चितवनको भरतपुर र मध्यपुर थिमीमा रहेको सफा...

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन थाल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा कम्पोस्ट मल बनाउने काम शुरू गरेको छ । परीक्षणका रूपमा टेकुबाट शुरू गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी १ महीनाभित्र अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा पनि शुरू गर्ने तयारी रहेको महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । बिहीवार टेकुमा १२ मेट्रिक टन कुहिने फोहोरबाट मल बनाउने काम शुरू गरिएको हो । कम्पोस्ट मल बन्नका लागि १ महीनादेखि बढीमा ३ महीनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि काठमाडौं महानगरले उपत्यकामा उत्पादन हुने कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमीन उपलब्ध नभएपछि महानगरले थोरै ठाउँमा पनि मल बनाउने प्रक्रिया शुरू गरेको जानकारी दिएको छ । श्रेष्ठले भने, ‘सबै फोहोर एकै ठाउँमा जम्मा गर्ने र महानगरको केन्द्रीय कार्यालयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहोरको जिम्मा लिएर कम्पोस्ट मल बनाउन थाल्नुपर्छ ।  रासस

कामपाद्वारा फोहोरबाट मल बनाउन सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट मल बनाउन सुरू गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले नमुनाका रूपमा पहिलो चरणमा १२ टन जैविक फोहोरबाट मल बनाउन सुरू गरेको विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । कामपाले बानेश्वर क्षेत्रबाट ल्याएको जैविक फोहोरबाट पहिलो चरणमा मल उत्पादन सुरू गरेको हो । मल बन्न कम्तीमा पनि दुई महिना लाग्ने […]

फोहोरबाट मल बनाउन सहुलियतमा ‘कम्पोष्ट बिन’ उपलब्ध गराउँदै महानगर

२३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने ‘कम्पोष्ट बिन’ सहुलियतमा दिने भएको छ । शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको हो । महानगरका अनुसार महानगरवासीलाई कम्पोष्ट बिन १ हजार ५ सय रुपैयाँमा उपलब्ध […]

काठमाडौंं महानगरले सुरु गर्‍यो फोहोर न्यूनीकरण अभियान

महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

किसानलाई प्राङ्गारिक मल बनाउन तालिम

काठमाडौँ,१४ असोज । गोरखाको शहीद लखन गाउँपालिकाले पालिकाभित्रका अगुवा किसानलाई प्राङ्गारिक मल बनाउने तालिम प्रदान गरेको छ । गाउँपालिकाको अर्गानिक उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका ७१ अगुवा किसानलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । “रासायनिक मलको प्रयोगबिना गाउँमा खेतीपाती नै नहुनेजस्तो अवस्था भइसक्यो”, उनले भने, “स्थानीय सरकारले अब किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न […]

काठमाडौं महानगर मल बनाउन क्रियाशील छ—प्रमुख शाह

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने फोहोरलाई मल बनाउन क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले मलको हाहाकारलाई कम गर्न कुहिने फोहोरलाई मल बनाउन महानगरपालिका क्रियाशील रहेको बताएका हुन् ।उनले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै फरक पार्नेमा आफू सचेत रहेको बताए ।  प्रमुख शाहले  भने, ‘काठमाडौंमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्वरता र उब्जनीको ठूलो भूमिका छ । उर्वर माटोलाई खेती गर

दाङमा डढेलो नियन्त्रणका लागि आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु

दाङ - दाङमा डढेलो नियन्त्रणका लागि वनबाट पात पतिङ्गर सङ्कलन गरी कम्पाेस्ट मल बनाउन सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले डढेलो जोखिम क्षेत्रको पहिचान गरी आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु गरेको हो । वनमा रुखबाट झर्ने पातपतिङ्गर, स्याउला र सुक्खा घाँसका कारण बर्सेनि वनमा डढेलोकाे घटना बढेको भन्दै वन डढेलो नियन्त्रण र स्थानीय किसानको उत्पादनमा सहयोग गर्नका लागि कम्पाेस्ट मल बनाउने काम थालिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वनमा खेरा गइरहेकाे वस्तु स...