किसानलाई प्राङ्गारिक मल बनाउन तालिम

काठमाडौँ,१४ असोज । गोरखाको शहीद लखन गाउँपालिकाले पालिकाभित्रका अगुवा किसानलाई प्राङ्गारिक मल बनाउने तालिम प्रदान गरेको छ । गाउँपालिकाको अर्गानिक उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका ७१ अगुवा किसानलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । “रासायनिक मलको प्रयोगबिना गाउँमा खेतीपाती नै नहुनेजस्तो अवस्था भइसक्यो”, उनले भने, “स्थानीय सरकारले अब किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न […]

सम्बन्धित सामग्री

जैविक बोकासी मलको प्रयोगले उत्पादनमा बृद्धि, रासायनिक मलको परनिर्भरता हट्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । २ वर्षअघि कृषक पाठशालामा सहभागी भएकी चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको प्रयोग गरी मल बनाउन सिकेकी छन् ।      ४ वर्षअघिदेखि नगरपालिकामा सञ्चालन गरेको ‘स्कील अप’ परियोजनामार्फत सञ्चालित कार्यक्रममा सहभागी भएर चौधरीले माटोमा रहेको जैविक विविधतालाई जोगाउन सहयोग पुर्‍याउने बोकासी मल बनाउन सिकेकी हुन । 'पहिलो वर्ष घरमै तयार गरिएको बोकासी मल प्रयोग गर्दा रासायनिक मल हालेजस्तो तरकारीको उत्पादन भएन,' उनले भनिन्, 'माटोमा मल विस्तारै घुलमिल भएपछि दोस्रो वर्षदेखि तरकारी बालीको उत्पादन सोचेजस्तै गरी उत्पादन भएको छ ।'  चौधरीले हिउँदमा गोलभेँडा, काउली, बन्दा, खुर्सानी, आलु लगायतको खेती गर्छिन्। वर्षात्का बेला लहरे प्रजातिका तरकारी रोप्दै आएकी छन् । बाह्रै महिना उनको खेतमा तरकारीखेती हुन्छ । 'रासायनिक मलको प्रयोग गरी तरकारी खेती गर्दा रोग किराको प्रकोप अधिक हुँदा विषादी छर्किनुपर्ने बाध्यता थियो,' उनले भनिन्, 'घरमै बोकासी मल तयार गर्न थालेपछि रोग किराको प्रकोप हट्दै जान थालेको छ, कतै रोग किरा देखापरे जैविक विधिबाट तयार गरेको मानव स्वास्थ्यलाई हानि नगर्ने झोल विषादीको प्रयोग गर्छौं ।'  यसरी तयार गरिएको मल र विषादीको प्रयोग गरी उत्पादन गरिएको तरकारीको बजार मूल्य बढी पाइने अर्का किसान महिला गीता चौधरीले बताइन् । 'रासायनिक मल र बजारमा खरिद गर्न पाइने विषादीको प्रयोग गरी उत्पादन गरिएको काउलीको थोक बजार भाउ प्रतिकिलो रु २० सम्म पुगेको छ,' उनले भनिन्, 'जैविक विधिबाट तयार गरिएको काउली थोकमा रु ४० प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।' तरकारी बालीमा विषादीको प्रयोग वर्षौंदेखि यस क्षेत्रका किसानले गर्दै आएकाले केहीमा दीर्घकालीन क्यान्सरलगायत रोगको सङ्क्रमण देखिएको छ । विषादीको लामो समयसम्म प्रयोगले स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि वैकल्पिक विधिका रुपमा किसानले बोकसी मलको प्रयोगलाई बढावा दिन थालेका हुन् । बोकासी मल धानको ढुटो, तोरीको पिना, हड्डीको धुलो, सुक्ष्म जिवाणु गुड भेली, पानी राखेर तयार गरिने वसन्ती चौधरीले बताइन् । वसन्तीका अनुसार बोकासी मल गर्मीको सयममा २० दिन र हिँउदको समयमा ४५ दिनमा खेतबारीमा छर्नका लागि तयार हुने गर्दछ । 'मल प्रयोग गर्नुअघि बोटबिरूवा वरिपरि चिस्यान बनाउछौँ,' उनले भनिन्, 'त्यसपछि मल छर्ने काम हुन्छ, बिरुवाको जात र उमेरअनुसार मलको अनुपात मिलाएर छर्ने गरिन्छ ।' एकपटक तयार गरिएको मल २ वर्षसम्म प्रयोग गर्न सकिने उनको भनाइ छ । बोकासी मलको प्रयोग गरी तरकारीखेती गर्ने किसानको सङ्ख्या ४० बढी रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । 'बोकासी मलको प्रयोगले माटोको उर्वरशक्ति बढाउने कामसँगै बिरूवालाई चाहिने पोषकतत्व उपलब्ध गराउने भएकाले किसानको आकर्षण यस मलप्रति देखिएको छ,' उनले भने, 'यस मलको प्रयोग हुन थालेपछि तरकारीको उत्पादन दोब्बर बढी भएको छ, उत्पादन बढी भएपछि किसानको आम्दानी पनि बढेको छ, रासायनिक मल रोज्दै हिँडनुपर्ने पहिलाको जस्तो परनिर्भरतासमेत किसानलाई अहिले छैन ।' अध्यक्ष नरेन्द्रप्रसादका अनुसार यस क्षेत्रका किसानले कम्तीमा ५ कठ्ठादेखि बढीमा १ बिघा जग्गामा बाह्रै महिना मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीमा संलग्न किसानको वार्षिक आम्दानी रु ५ लाखदेखि रु १५ लाखसम्म हुने गरेको छ । स्कील अप परियोजनाले विगत चार वर्षदेखि कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा किसानलाई उन्नत प्राङ्गारिक खेती प्रविधिमार्फत तरकारी उत्पादनमा सहयोग गर्दै आएको परियोजनाका संयोजक रामभक्त न्यौपानेले बताए । स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी तयार गरिने बोकासी मल जापानी प्रविधि रहेको उल्लेख गर्दै उनले यो प्रविधि किसानमाझ निकै लोकप्रिय हुँदै गएको बताए । 'मानवीय स्वास्थ्यलाई असर नगर्ने र माटोको उर्वर क्षमता बढाउने भएकाले किसानले रासायनिक मलको विकल्पका रुपमा यस मललाई लिएका छन्,' संयोजक न्यौपानेले  भने, 'तरकारी खेतीमा प्रयोग हुने रासायनिक मल र विषादीको प्रयोगमा कमी आएसँगै यसमा लाग्ने किसानको खर्च जोगिएको छ, लागत घट्दा किसानको आम्दानी बढेको छ ।' प्रविधिको विस्तार गर्ने, आयआर्जन बढाउने र व्यावसायिक बनाउनका लागि कृषकलाई पाठशालामार्फत शिक्षा दिने कार्य गरिएको उनको भनाइ छ । 'विशेषगरी जैविक विधिमा आधारित भई व्यावसायिक तरकारी खेती गर्नका लागि जैविक मल र विषादी बनाउने कार्य सिकाउनुका साथै प्रयोग गर्ने तरिकाबारे जानकारी दिएका छौँ,' संयोजक न्यौपानेले भने, 'तरकारी बालीमा अन्धाधुन्धरुपमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा पुर्‍याउने असरबारे सचेत पार्ने कार्यमा लागेका छौँ ।' नगरपालिकाको कृषि विकास शाखका प्रमुख करन सिंह बुढाऐरले जैविक विधिबाट तरकारी खेती गर्ने किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनका लागि अनुदान दिन कार्यक्रम सञ्चालन भैरहेको बताए । 'व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई ८० प्रतिशत अनुदानमा प्राङगारिक मल उपलव्ध गराउन लागेका छौँ,' उनले भने, 'त्यसका लागि रु छ लाख बजेट विनियोजित गरिएको छ ।' कृषि ज्ञान केन्द्रका प्राविधिक जनकबहादुर सिंह जैविक मल र विषादीको प्रयोग गरी उत्पादन गरिएका तरकारी खरिद गर्नका लागि बजार व्यवस्थापनमा सहजीकरण गरिने बताउनुहुन्छ । 'केन्द्रले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएकाले त्यसमा निवेदन दिएर किसानले अनुदानमा कृषि औजार, मेसिनरी, बीउबिजन, सिँचाइका साधन, ढुवानीका साधन खरिद गर्न सकिने हुन्छ,' उनले भने, 'व्यावसायिक खेती गर्दै आएकालाई मात्रै अनुदानमासमेत छौँ ।' बोकासी मल कसरी बनाउने  आबश्यक सामाग्रीहरु धानको ढुटो(ब्रान) वा चोकर २०% पिनाको धुलो २०% पाकेकोमल वा जंगलकमाटो ४५% हाडको धुलो वा माछाको धुलो ६% सख्खर ४% ई एम झोल १.५% गाईकोमूत्र र पानी आबश्यक्ता अनुसार माथिका सबै सामाग्रीलाई राम्रोसंग मिसाउने र अँध्यारो कोठामा चुल्याएर कालो प्लास्टिकले छोपेर राख्ने । ४०/४५° तापक्रम पुगेमा आधा घण्टा फिजारेर चिस्याउने । यो प्रक्रियालाई ५/७ दिनको फरकमा पटक पटक दोहोर्‍याउने । जब तापक्रम बढ्न छोड्छ बोरामा प्याक गरेर राख्ने र आबश्यक्ता अनुसार प्रयोग गर्ने । यसरी तयार पारिएको मल २ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।रासस

एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउछौं: मन्त्री श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्राङ्गारिक मल बनाउन कारखाना खोल्ने योजना रहेको बताउनुभएको छ । शनिवार सिन्धुलीमा आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानिय तहहरुको समन्वयमा प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने बताउनुभएको हो । ‘रासायिनक मलले वातावरण विग्रने, उत्पादन नहुने र भोकमरी […]

सरकार मल देऊ, मल बनाऊ

अब रासायनिक मल घटाएर जतिसक्यो बढी प्राङ्गारिक मल बढाउन र कम्पोष्ट मल बनाउनतर्फ सरकारले लगानी गर्नुको विकल्प छैन । तत्कालको संकट टार्नका लागि सरकारले रासायनिक मल ल्याएर कृषकको समस्या टारोस् । तर आगामी दिनमा यसको प्रयोग कम गर्दै प्राङ्गारिक र कम्पोष्ट मल बनाउन लगानी बढाउन सरकार अगाडि बढोस् ।

सरकार मल देऊ, मल बनाऊ

अब रासायनिक मल घटाएर जतिसक्यो बढी प्राङ्गारिक मल बढाउन र कम्पोष्ट मल बनाउनतर्फ सरकारले लगानी गर्नुको विकल्प छैन । तत्कालको संकट टार्नका लागि सरकारले रासायनिक मल ल्याएर कृषकको समस्या टारोस् । तर आगामी दिनमा यसको प्रयोग कम गर्दै प्राङ्गारिक र कम्पोष्ट मल बनाउन लगानी बढाउन सरकार अगाडि बढोस् ।

फोहोरमैलाको दीर्घकालीन समाधानका उपायबारे काठमाडौंका मेयरलाई जरोकिलोको सुझाव

मौलिक जरोकिलो पार्टीले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको उपायबारे काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यलाई सुझाव दिएको छ । बिहीवार मेयर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै मौलिक जरोकिलो पार्टीका काठमाडौं महानगरपालिका समिति संयोजक मनोजराज आचार्यले फोहोरको पुनः प्रयोग हुने प्रविधिलाई प्रयोग गर्न सुझाव दिए । ‘फोहोरमैलाबाट पुनः प्रयोग गरेर विभिन्न सामानहरूको उत्पादन, फोहोर जलाएर विद्युत् उत्पादन र कुहिने फोहोरबाट मिथेन ग्यास र प्राङ्गारिक मल बनाउन सकिने प्रविधिको विकास भइसकेको छ,’ ज्ञा...

प्राङ्गारिक मल बनाउन तल्लीन छन् ७० वर्षका पूर्वराज्यमन्त्री (भिडिओ)

‘विज्ञहरूले प्राङगारिक मल बनाउन १५ प्रतिशत नाइट्रोजन, ५ प्रतिशत फोस्फरस र १.५ प्रतिशत पोटास चाहिन्छ भन्छन्,’ चौधरीले भने ‘यो फर्मुला सर्वथा गलत छ। त्यही हुनाले अर्ग्यानिक मल फस्टाउन सकेको छैन।’