काठमाडौंं महानगरले सुरु गर्‍यो फोहोर न्यूनीकरण अभियान

महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

सम्बन्धित सामग्री

काठमाडौं महानगरले पुनः सुरु गर्‍यो स्रोतमै  फोहोर वर्गीकरण

काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहोर वर्गीकरण अभियान पुनः सुरु गरेको छ । कामपा–१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहोर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो । करिब दुई वर्षअघि...

महानगरले अब कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने

पहिलो चरणमा वडा नम्बर २७ बाट सुरु, फोहोर उठाउन छुट्टै गाडीको व्यवस्था काठमाडौं महानगरपालिकाले मंगलबारदेखि स्रोतमै फोहोर वर्गीकरणको अभियान सुरु गरेको छ । यसका लागि महानगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न...

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा – पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ। तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ। ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो। ३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए। यसका लागि तयारी भइसकेको छ। बिहान ७ बजे सुरु हुने […]

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा- पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाइ महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो । ३३ वटै वडाको सहभागितामा ताल सफाइ अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान […]

काठमाडौंले सहुलियतमा ३ प्रकारका वेष्टविन बाँड्ने

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० बजेटमा अभियानको लागि महानगरले १० लाख रुपैयाँ बजेट छुट्टाएको छ । महानगरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि स्रोत मै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको छ । । बजेटमा उल्लेख भए अनुसार काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद […]

काठमाडौं महानगरमा सुरु भयो स्रोतबाट फोहोरको वर्गीकरण अभियान

काठमाडौं : फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्र सङ्कलन गर्न थालेको छ। यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो। आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो। कुहिने र नकुहिने फोहोरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो…

वीरगञ्जमा उठ्न थाल्यो अस्पतालजन्य फोहोर, अलग - अलग डष्टविनको प्रयोग गर्न अनुरोध

फागुन ५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नियमित रूपमा अस्पतालजन्य फोहर संकलन गर्न थालेको छ ।  महानगरपालिकाले बिहीवारदेखि यो अभियान शुरु गरेको हो । केहीदिन अघि वीरगञ्जको नगवामा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना भएको थियो । फोहोर व्यवस्थापनकालागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।  वीरगञ्जमा अस्पताल, नर्सिङ होम, तथा विभिन्न परीक्षण प्रयोगशालाबाट निस्कने फोहोर तालिम प्राप्त प्राविधिकले नष्ट गर्ने महानगरले बताएको छ । अस्पताल र परीक्षण प्रयोगशालाबाट निस्किने मानव अङ्ग तथा स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालका फोहोरहरुको उचित व्यवस्थापनकालागि छुट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको महानगरले बताएको छ ।  अब नियमित रुपमा अस्पतालजन्य फोहोर संकलन गरी व्यवस्थापन हुने भएकाले यसले वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने नगर प्रमुख सरावगीको विश्वास छ ।  अस्पताल तथा प्रयोगशालाहरुले जथाभावी फोहोर नफ्याँकेर फोहोर व्यवस्थापनकालागि छुट्टै डष्टविनहरुको प्रयोग गर्न र फोहोरहरुलाई उचित व्यवस्थापनमा सहयोग पु र्‍याउनसमेत महानगरले आग्रह गरेको छ ।

फोहोर व्यवस्थापन केन्द्रले फेरिँदै वीरगञ्जको मुहार

वीरगञ्ज । एशियाली विकास बैंकको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर व्यवस्थापन केन्द्र शहरको मुहार फेर्न सहयोगी बनेको छ । यसअघि नेपालकै प्रवेशद्वार मानिएको शंकराचार्यद्वारको छेवैमा थुपारिएको फोहोरको डंगुरले वीरगञ्जको सुन्दरता नै बिगारिरहेको थियो । नेपाल–भारत सीमानामा रहेको शंकराचार्यद्वार भएर आउजाउ गर्ने जो कोहीमा यो फोहोरको थुप्रोले नकारात्मक सन्देश दिइरहेको थियो । यो वीरगञ्जलाई फोहोर र फोहोरमा फैलिने लामखुट्टेको अस्तव्यस्त शहरको रूपमा पनि चिनाउन पर्याप्त थियो । फोहोर व्यवस्थापन केन्द्र सञ्चालन भएपछि वीरगञ्जको सरसफाइ प्रभावकारी भएको छ । शंकराचार्यद्वार र नगरका अन्य खुला ठाउँमा थुपार्ने गरिएको फोहोर अब वीरगञ्जको नगवामा १६ बिघा १० कट्ठा क्षेत्रफलमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन भइरहेको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।  वीरगञ्जको सरसफाइ प्रभावकारी बनाएर शहरको सुन्दरता बढाउन यो पूर्वाधार कोसेढुंगा नै सावित भएको प्रमुख सरावगीको भनाइ छ । नगर क्षेत्रको सरसफाइमा निजीक्षेत्रलाई सहभागी बनाएर महानगरको स्रोतको प्रभावकारी परिचालनको नीति पनि महानगरले लिएको छ । वीरगञ्जको सरसफाइ विगतको तुलनामा सुधारोन्मुख देखिएको युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल बताउँछन् । ‘महानगरले फोहोर संकलन र विसर्जनलाई प्रभावकारी बनाएको अनुभूति भएको छ । विगतको तुलनामा वीरगञ्जमा लामखुट्टेको समस्या पनि कम भएको छ,’ वीरगञ्ज १० का बासिन्दा अग्रवालले भने । महानगरले लामखुट्टै फैलिने समयमा औषधि छर्किएर लामखुट्टे मार्ने अभियान नै चलाउने गरेको सरावगीले जानकारी दिए । महानगरले एडीबीको सहयकार्यमा ४७ करोड ८० लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको हो । नगरक्षेत्रबाट दैनिक ८० मेट्रिकटन फोहोर संकलन हुने महानगरले बताएको छ । नगरका विभिन्न क्षेत्रबाट उठाइएको फोहोर व्यवस्थापन केन्द्रमा पुर्‍याइने गरेको छ । यो पूर्वाधारमा नगर क्षेत्रबाट निस्किने फोहोरलाई २५ वर्षसम्म व्यवस्थापन गर्न सकिने महानगरले बताएको छ । फोहोरबाट मोहोर फोहोर व्यवस्थापन केन्द्रबाट महानगरले वर्षमा करीब २० करोड रुपैयाँ आय आर्जनको योजना राखेको छ । कुहिने फोहोरबाट मल बनाउने र पुनः प्रयोग हुने फोहोर विक्री गर्ने योजना महानगरको छ । नकुहिने फोहोर विक्रीबाट मात्रै वार्षिक करीब १२ करोड र मलबाट ६ करोड रुपैयाँ आम्दानी हुने अनुमान महानगरको छ । कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरले ३९ हजारभन्दा बढी डस्टबिन बाँडेको छ । तर, स्थानीयले कुहिने र नकुहिने फोहोर नछुट्याइदिँदा समस्या भइरहेको पनि महानगरको सरसफाइ शाखाले बताएको छ । बायो ग्यास प्लान्ट निर्माण गरेर कुहिने फोहोरबाट मल बनाउने योजना राखिएको छ । यसबाट पर्यावरण जोगिनुका साथै महानगरको आय स्रोतसमेत बढ्ने महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटा बताउँछन् । प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि महानगरले इन्सिनेरेटर प्लान्ट ल्याउने योजना बनाएको छ । प्लान्टमा प्रतिघण्टा ३ टन प्लास्टिकजन्य फोहोर जलाउन सकिने र त्यसबाट विद्युत् उत्पादन गर्न सकिने नगर प्रमुख सरावगीले बताए ।

महानगरले नसकेपछि नागरिक अभियानद्वारा काठमाडौँको फोहोर आफै सिसडोल पुर्याउन सुरु

नागरिक अभियन्ताहरू आफैँले काठमाडौँको फोहोर सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका छन् । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले विगत २५ दिनयता काठमाडौँ उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौँको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका हुन् । काठमाडौँको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरू रहेको विश्व सरसफाइ