दाङमा डढेलो नियन्त्रणका लागि आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु

दाङ - दाङमा डढेलो नियन्त्रणका लागि वनबाट पात पतिङ्गर सङ्कलन गरी कम्पाेस्ट मल बनाउन सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले डढेलो जोखिम क्षेत्रको पहिचान गरी आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु गरेको हो । वनमा रुखबाट झर्ने पातपतिङ्गर, स्याउला र सुक्खा घाँसका कारण बर्सेनि वनमा डढेलोकाे घटना बढेको भन्दै वन डढेलो नियन्त्रण र स्थानीय किसानको उत्पादनमा सहयोग गर्नका लागि कम्पाेस्ट मल बनाउने काम थालिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वनमा खेरा गइरहेकाे वस्तु स...