लेकाली बस्ती मौसमअनुसार आफ्नो रुपरंग फेर्छन् । जस्तो कि, दोलखाको कालिञ्चोक । फागुन दोस्रो सातामा जसै हिउँ फुस्फुसाउन थाल्यो, कालिञ्चोकको रुप नै फेरियो । आकाश धुम्म थियो । भुईंकुहिरोले छोपिंदै गरेका आसपासका डाँडाहरु, रंगबिरंगी लुङदरहरु, गोठतर्फ फर्किरहेका चौरीका बथान आफैंमा कुनै चित्रकारले कोरेका ल्यान्डस्केप झैं देखिए । अन्ततः हेर्दाहेर्दै कालिञ्चोकका थुम्काथुम्की सेतो वस्त्रधारण गरेर ध्यानमग्न […]