गाउँपालिका तोकिएको सात वर्षपछि कालिञ्चोक गाउँपालिकाले मतदानमार्फत् स्थायी केन्द्र तोकेको छ । कालिञ्चोक गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले कालिञ्चोक गाउँपालिका–४ कुविण्डेमा स्थायी केन्द्र निर्धारण गरेको हो । स्थायी केन्द्रका लागि सर्वसम्मत निर्णय हुन नसकेपछि गाउँसभामा मत विभाजन भएको थियो । मत विभाजन गर्दा कुविण्डेको पक्षमा ३२ जना, विपक्षमा ९ जना र ६ जना गाउँसभा सदस्य […]