यतिखेर अफगानिस्तानमा तालिबानले एकपछि अर्को इलाका कब्जा गरिरहेको छ। २२ वर्षसम्म तालिबानसँग युद्ध लडेको अमेरिकाले आफ्ना सैनिकलाई फर्काउन थालेपछि हौसिएको तालिबान अफगान सुरक्षाफौजलाई देशभर पिन डाउन गर्न प्रयासरत छ। यस्तोमा, दक्षिण एसियाली मुलुक अफगानिस्तानको भविष्य र इस्लामिक जेहादका नाममा तालिबानले फैलाउन सक्ने आतंकबारे विश्लेषण भइरहेको छ। राज्य सञ्चालन तहसम्मै हिन्दु अतिवादीहरूको उपस्थिति रहेको र अल्पसंख्यक मुसलमानहरूप्रति निकै अनुदार व्यवहार देखाउने गरेको भारत थप सशंकित बनेको हो। अ