तालिबान विद्रोह : भारतलाई चुनौती, चीनलाई अवसर

एजेन्सीअफगानिस्तानको सशस्त्र विद्रोही सङ्गठन तालिबानको एक प्रतिनिधि मण्डलले बुधबार बेइजिङ पुगेर चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको वार्ताले धेरै मानिसहरूलाई तरङ्गित बनायो । तालिबानीहरुसँग चीन सरकारको औपचारिक वार्ताको खबर सुनेर कतिपय मानिस अचम्मित भए ।अचम्म मान्नुपर्ने केही छैन । अहिले अफगानिस्तानमा जे भइरहेको छ, त्यसले अमेरिका, भारत, पाकिस्तान र चीनलाई सक्रिय बनाएको छ । रोचक त के छ भने तालिबानीहरुसँग चीन सरकारको वार्तालाई अमेरिकाले पनि ‘सकारात्मक कदम’ भनिसकेको छ । चीनले तालिबा