तालिबानप्रति सकारात्मक बन्दै भारत

७ कात्तिक, काठमाडौं । तालिबान सत्तामा आएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर हालसम्म अन्तर्राष्ट्रिय समुदायले नयाँ तालिबान सरकारलाई मान्यता दिएको छैन । वैधता र मान्यता पाउनुपूर्व तालिबानले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्नुपर्ने अमेरिका लगायतका मुलुकले बताउँदै आएका छन् । नेटो गठबन्धनसँगको २० वर्षे युद्धपछि पुन: सत्तामा आएको तालिबानले अन्तर्राष्ट्रिय समर्थन र वैधताका लागि प्रयास […]

सम्बन्धित सामग्री

भस्मासुर बन्दै नेताहरू!

सहमति खोज्ने प्रयासबाट लत्तो नछाड्नु हाम्रा नेताहरूले देखाएको सकारात्मक राजनीतिक संस्कार हो। यही संस्कारले हाम्रो राजनीतिक प्रक्रियालाई जतिसुकै प्रतिकूल अवस्थामा पनि अवरूद्ध हुन दिएन। यसको एउटा ज्वलन्त उदाहरण २०७२ सालको संविधानलाई मान्न सकिन्छ।

राष्ट्रपतिमा कांग्रेसप्रति लचिलो बन्दै माओवादी

काठमाडौं, फागुन ४ । सातदलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रपति पदमा नेपाली कांग्रेसप्रति लचिलो बन्दै गएको छ । आगामी शक्ति सन्तुलनको जोड घटाउ गर्दै माओवादी केन्द्र राष्ट्रपतिको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसप्रति सकारात्मक देखिएको हो । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा माओवादीले कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने तयारी […]

ओली–गौतम छलफल सकारात्मक

काठमाडौं, असार १७ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरणबारे वातावरण बन्दै गएको छलफलमा सहभागी नेताले जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान संयोजक बामदेव गौतमबीच बिहीबार छलफल भएको […]

ओली–गौतम छलफल सकारात्मक

काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरण’bout वातावरण बन्दै गएको छलफलमा सहभागी नेताले जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान संयोजक बामदेव गौतमबीच बिहीबार छलफल भएको छ । […] The post ओली–गौतम छलफल सकारात्मक appeared first on राजधानी राष्ट्रिय दैनिक.

ऊर्जामा सकारात्मक सहमति

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र जोइन्ट स्टेयरिङ कमिटी (जेएससी) को हालै काठमाडौंमा सम्पन्न बैठकले दुई देशबीच विद्यमान प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारणलाइन तथा अन्तरदेशीय विद्युत् आयातनिर्यातलगायत विषयमा सहमति भएको छ । नेपालको ऊर्जा विकासका लागि भारतसँगका समस्याका गाँठाहरू फुक्ने क्रममा यो पछिल्लो उपलब्धि हो जुन सकारात्मक छ । नेपालले भारतमात्र नभई बंगलादेश, श्रीलंकासम्म विद्युत्को व्यापार गर्ने सोच राख्नुपर्छ र सोहीअनुसार नेतृत्वदायी भूमिका खेल्नुपर्छ । अहिलेलाई भारतसँग भएको सहमति जसरी हुन्छ, चाँडो कार्यान्वयनमा ल्याउन पहलकदमी लिन आवश्यक छ । नेपालमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना छ र पछिल्लो समयमा निजी क्षेत्रबाट ठूलो परिमाणमा विद्युत् आयोजनाहरूमा लगानी भएको छ । निर्माणसम्पन्न आयोजनाहरूबाट उत्पादित बिजुली आन्तरिक बजारमा वर्षायाममा बढी हुन थालिसकेको छ । निर्माणाधीन आयोजनाहरूबाट उत्पादन हुने विद्युत्को खपतका लागि निर्यातको ढोका खोल्नैपर्ने हुन्छ । यसका लागि नजिकको भारतीय बजार महत्वपूर्ण हुन्छ । अघिल्ला दशकहरूमा भारत ऊर्जालगायत विषयमा त्यति सकारात्मक नरहेको अनुभव नेपाली वार्ताटोलीले गर्नुपरेकामा अहिले नेपालको प्रस्तावप्रति ऊ सकारात्मक देखिन्छ । नेपालले भारतमा बिजुली बेच्न प्रस्ताव गरेका थप आयोजनाको बिजुली किन्ने विषयमा पनि जेएससी बैठकमा सहमति जुटेको छ ।  त्यस्तै उच्च प्रसारण क्षमताको दोस्रो अन्तरदेशीय प्रसारण लाइनका लागि २ महीनाभित्र संयुक्त कम्पनी स्थापना गरिसक्ने सहमति पनि भएको छ । त्यसैगरी भारतले नेपालमा संयुक्त लगानीमा विद्युत् आयोजनाहरू बनाउन पनि रुचि देखाएको छ । यी लगायत विषय कार्यान्वयनमा गए विद्युत् क्षेत्रले ठूलो फड्को मार्नेछ । त्यही भएर स्वतन्त्र ऊर्जा उत्पादकहरूले यसको स्वागत गरेका छन् । नेपाल भारतबीच जल उपयोगका बारेमा भएका विगतका सन्धिसम्झौताहरूको अवस्थाको विश्लेषण गर्दा सहमतिमै चित्त बुझाएर बस्नुपर्ने अवस्था नहोला भन्न सकिँदैन । विगतमा भारतले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बनाउन गरेको सहमति एक कदम पनि अघि बढेको छैन जसका बारेमा बुधवार र बिहीवारको बैठकका चर्चा समेत भएन । भारतले बनाइदिने प्रतिबद्धता गरेका अरू आयोजनाको पनि हालत उस्तै छ । त्यसो त भारतसँग भएका कतिपय सम्झौताहरू कार्यान्वयन नहुनुमा नेपालको कमजोरी पनि छ । नेपालले आफूले गर्नुपर्ने काम नगर्दा पनि यस्ता समस्या भएका देखिन्छन् । त्यसैले अहिले भएका सहमति कार्यान्वयनमा नेपालले पूर्ण सक्रियता देखाउनु आवश्यक छ । नेपालमा स्वच्छ ऊर्जा उत्पादनको ठूलो सम्भावना छ । भारतमा कोइलाबाट विद्युत् उत्पादन हुने भएकाले कार्बन कटौती गर्न उसले स्वच्छ ऊर्जालाई प्राथमिकता दिन थालेको छ । त्यसैले भारत नेपालको स्वच्छ ऊर्जामा लगानी गर्न र आयात गर्न इच्छुक देखिएको हुन सक्छ । विकासको तीव्र गतिमा अघि बढेको भारतमा ऊर्जाको माग उच्च छ । त्यसैले यो बजार लिन अहिलेको सहमतिले ठूलो सहयोग गर्ने देखिन्छ । नेपालले अहिलेको अवसर गुमायो भने भारतको बजार नपाउन पनि सक्छ किनभने उसले सौर्य विद्युत्मा ठूलो लगानी गरिरहेको छ । यो सस्तो बन्दै गइरहेको पनि छ । त्यसैले नेपालले ऊर्जामा लगानीका लागि सकेसम्मका उपाय अपनाउनु आवश्यक छ । नेपालको उन्नतिका लागि जलस्रोतको पूर्ण दोहन अनिवार्य छ । जलविद्युत्को सम्भावना दोहनका लागि स्वदेशी लगानी र बजार पर्याप्त छैन । तर, नेपालमा जलविद्युत्को विकासका लागि थुप्रै अवरोध अझै छन् । विद्युत उत्पादनका लागि अनुमति लिन दर्जनभन्दा बढी संस्था चाहार्नुपर्ने बाध्यता अझै हटेको छैन । वन र वातावरणका मुद्दाले उत्पादन तथा वितरण आयोजनाहरूमा अवरोध हुने गरेको छ । त्यस्तै जग्गाप्राप्ति ठूलो समस्या बन्दै गएको छ । यी अवरोधलाई सरकारले सहजीकरण गरेर हटाइदिनपर्छ । त्यसो भएमा स्वदेशी र विदेशी लगानी पर्याप्त आउन सक्छ । विद्युत् निर्यातमात्रै मुलुकको प्राथमिकता हुनु चाहिँ हुँदैन । स्वदेशभित्र खपत बढाउने नीति पनि उत्तिकै आवश्यक हुन्छ । अतः सरकारले विद्युत् आयोजनाहरूलाई सकेसम्म प्रोत्साहित गर्नुपर्छ र विद्युत्को बजारको सुनिश्चितताका सरकारले आफ्नो पूर्ण क्षमता उपयोग गर्नुपर्छ । विद्युत् निर्यातलाई बढवा दिन सके पक्के पनि नेपालको आम्दानीको स्रोतमा वृद्धि हुन्छ नै । यसले एकातिर नेपालको अवस्थामा सुधार हुन्छ भने अर्कोतर्फ दक्षिण एशियामै पर्यावरणीय स्वच्छतामा पनि उत्तिकै सघाउ पुग्नेछ । नेपालले भारतमात्र नभई बंगलादेश, श्रीलंकासम्म विद्युत्को व्यापार गर्ने सोच राख्नुपर्छ र सोहीअनुसार नेतृत्वदायी भूमिका खेल्नुपर्छ । अहिलेलाई भारतसँग भएको सहमति जसरी हुन्छ चाँडो कार्यान्वयनमा ल्याउन पहलकदमी लिन आवश्यक छ ।

एमाले एकतामा सकारात्मक परिणामको संकेत, ओली– नेपाल वार्तामा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमारबीच वार्ता जारी छ। काठमाडौंको मेरियट होटलमा भेटवार्ता भइरहेको वार्तामा पार्टी एकताका सन्दर्भमा छलफल हुनेछ। कार्यदलले सहमतिको मस्यौदा बन्दै गर्दा दुई शीर्ष नेताहरु वार्तामा बस्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि दुई नेता भेट्नका लागि दोस्रो तहका नेताहरुले गरेको आग्रहलाई उनीहरुले बेवास्था गर्दै आएका थिए।

एमाले कार्यदलको पहलः शीर्ष नेतृत्वमा औपचारिक संवादको वातावरण बन्दै

काठमाडौं। एमाले कार्यदलको बैठक सम्पन्न भएको छ। नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ बसेको हो। अनौपचारिक छलफलमा निरन्तर रहेका दोश्रो तहका नेताहरु बीचको वार्ता सकारात्मक बनेको बताएका छन्। वार्तापछि बोल्दै नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको विषय नेताहरु बीच साझा गरेको बताए। बैठक निरन्तर बस्ने सहमति भएको भीम रावलले बताए।

तत्कालका लागि एमाले विभाजनबाट जोगियो, विवाद मिलाउन कार्यदल बनाइयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) तत्कालका लागि विभाजनबाट जोगिएको छ । पार्टीभित्रको विवाद उग्र बन्दै माधव नेपाल पक्षका सांसदहरुले राजीनामा समेत दिने तयारी गर्दै गर्दा बिहीबार भएको वार्ता सकारात्मक बनेको  हो ।  राजधानीको चपली हाइटमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ता सकारात्मक बन्दै पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।   प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टी भित्...

नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको देउवाको ब्रिफिङ

सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका छन् । कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’ देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराउनुभएको थि...