अफगानिस्तानमा तालिबान सत्तामा आएपछि चीनले काबुल बाहिर रहेको बागराम एयरबेस हात पार्न खोजेको छ ।
चीनले उक्त एयरबेस भारतका विरुद्ध प्रयोग गर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्व राजदूत निक्की हेलीले बताएकी छन् ।
बागराम एयरबेस २० वर्षसम्म अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डा थियो । आतंकवादीहरूका विरुद्ध हवाई आक्रमण गर्न अमेरिकाले यसको उपयोग गर्ने गरेको थियो ।
हेलीका अनुसार, अमेरिका जस्तो तरिकाले अफगानिस्तानबाट बाहिरिएको छ त्यसबाट जिहादीहरू उत्साहित भएका छन् । उनीहरू यसलाई आफ्नो नैतिक जीत मानिरहेका छन् । ...