कालिञ्चोक जाने बाटोभरि हिउँ (फाेटाेफिचर)

दोलखा - दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो  छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ l हेर्नुहाेस् तस्बिरमा :

सम्बन्धित सामग्री

वनफूलले ढकमक्क कालिञ्चोक (तस्वीर कथा)

६ साउन, काठमाडौं । कालिञ्चोक काठमाडौं आसपासबाट पुग्न सकिने नजिकको गन्तव्य । जब-जब यहाँ हिउँ फुसफुसाउन थाल्छ, रौसे तन्नेरीहरुको ओइरो लाग्छ । त्यसो त गर्मी छल्नका लागि पनि यो काइदाको ठाउँ हो । कालिन्चोक प्रवेश गरिरहँदा कुनै वाताअनुकुलित कोठामा पुगे झै लाग्छ । मलाई लाग्थ्यो, हिमपात हुँदा मात्र कालिञ्चोकको सौन्दर्य खुल्छ । तर, वर्षायाममा पनि […]

जब कालिञ्चोक हिउँले सेताम्मे भयो (तस्वीर)

लेकाली बस्ती मौसमअनुसार आफ्नो रुपरंग फेर्छन् । जस्तो कि, दोलखाको कालिञ्चोक । फागुन दोस्रो सातामा जसै हिउँ फुस्फुसाउन थाल्यो, कालिञ्चोकको रुप नै फेरियो । आकाश धुम्म थियो । भुईंकुहिरोले छोपिंदै गरेका आसपासका डाँडाहरु, रंगबिरंगी लुङदरहरु, गोठतर्फ फर्किरहेका चौरीका बथान आफैंमा कुनै चित्रकारले कोरेका ल्यान्डस्केप झैं देखिए । अन्ततः हेर्दाहेर्दै कालिञ्चोकका थुम्काथुम्की सेतो वस्त्रधारण गरेर ध्यानमग्न […]

हिउँ होइन हिलो हुँदै कालिञ्चोक

कालिञ्चोकमा हिउँ परेको तस्बिर सामाजिक सञ्जालमा देखेको हुँ । हिउँमा खेलिरहेका हरेक उमेर समूहका मानिसको अनुहारमा उत्साह देखिन्छ । हिउँदमा देवीको दर्शन गर्न र घुम्न जानेहरूले कालिञ्चोकलाई ‘नेपालको स्वीट्जरल्यान्ड’ भनेको पनि नसुनेको होइन । आफू त हिउँ नदेखेको मान्छे, फोटोमै हिउँ देख्दा पनि जाडोले काम छुट्छ । त्यसैले प्रकृतिले हिउँभन्दा टाढै राखेको...

दोलखामा हिउँ पर्याे, यातायात अवरुद्ध, विद्यालय बन्द (फोटोफिचर)

दोलखा । दोलखाको कालिञ्चोक क्षेत्र हिउँले सेताम्य भएको छ । कालिञ्चोक क्षेत्रमा बुधबार बिहान देखिनै लगातार हिमपात भइरहेको छ । दोलखाको माथिल्लो क्षेत्रमा पुनः बुधबार तेस्रोपटक हिमपात भएको हो । दोलखामा गत शुक्रबार देखी चिसो एक्कासि वृद्धि भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा शुक्रबारदेखि पुनः हिमपात हुन सुरु भएको छ । कालिन्चोकमा बुधबार बिहान देखिनै […] The post दोलखामा हिउँ पर्याे, यातायात अवरुद्ध, विद्यालय बन्द (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा शुक्रवार दिउँसोदेखि हिउँ पर्न शुरू भएको छ ।  कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भूभागमा सामान्य वर्षासहित हिमपात शुरू भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक शुक्रवार दिउँसोदेखि हिमपात शुरू भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए ।   हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरू भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँ पर्ने मुख्य याम शुक्रवारदेखि शुरू भएको हिमपात केही दिनसम्म रहन सक्न...

पुरानै लयमा फर्कदै दोलखाको पर्यटकीय स्थल कालिञ्चोक

मंसिर ११, दोलखा । कोरोना महामारीले सुस्ताएको दोलखाको प्रमुख पर्यटकीय गन्तब्य कालिञ्चोक विस्तारै पूनः पुरानै लयमा फर्कन थालेको छ ।  हिउँपर्ने सिजन शुरु भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढेसँगै सुस्ताएको होटल ब्यावसायले पून पुरानै गति लिन लागेको हो । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरु भएकोले होटल बुक हुने क्रम बढेको होटल सुनपातिका म्यानेजर विमल ओझाले जानकारी दिए । हरेक शुक्रवार होटलहरुमा क्षमता अनुरुप नै पाहुना आउने गरेको उनको भनाइ छ । शुक्रवार राति यो वर्ष सानै भएपनि हिमपात भएकोले होटल बुकिङ बढेको कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले बताए । अहिले अरु दिन ३० देखि ४० प्रतिशत कोठाहरु बुक हुने गरेको तर शुक्रवार भने ८० प्रतिशत भन्दाबढी कोठाहरु बुक हुने गरेको कालिञ्चोकका होटल व्यावसायीहरुको माग छ ।  कोभिडका कारण विगत एक वर्षभन्दा बढी समयदेखि सुनसान रहेको कालिञ्चोकमा अहिले पूनः चहलपहल बढेका कारण केवल कार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरुको संख्या बढिरहेकोे कालिञ्चोक केवलकारका निमित्त प्रमुख शन्देश शिवाकोटीको भनाइ छ । कोभिडका कारण करीब डेढ वर्ष देखि केवलकार बन्द अवस्थामा थियो । विशेष गरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाका हिउँ खेल्न चाहनेहरुको लागि नजिकको आकर्षक गन्तब्यको रुपमा कालिञ्चोक परिचित छ ।  दृष्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्नकालागि समान्य सिजनमा हजारौं मानिसहरु कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोक बाट रोल्वालिङ तथा जुगल हिमश्रंखला तथा सुर्यास्तको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटलहरु रहेका छन् । कालिञ्चोक मात्र हैन कारोना महामारीले व्यवसायनै ठप्प भएको समयमा आन्तरिक पर्यटकहरुको चहल पहल बढ्न थालेकोले हिउँपर्ने सिजन शुरुभएसँगै होटल व्यावसायीहरुले केही राहत पाउने सदरमुकाम चरिकोटका होटल व्यावसायीहरुको आशा छ । होटल व्यावसायीहरुले गरेको एक अध्ययन अनुसार समग्र दोलखाको होटल व्यवसाय दैनिक २५ लाख रुपैयाँ घटा रहेको सदरमुकाम चरिकोटामा रहेको होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतिले बताए । विशेष गरी आन्तरिक पर्यटकहरुको रोजाईमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलहरु पनि भरिभराउ हुने भएकोले हिउँ पर्ने सिजनमा पर्यटक आगमन बढ्दा चरिकोटका होटल व्यावसायीलाई पनि राहत हुने सञ्चालक उप्रतिको भनाइ छ ।  तर विगत वर्षहरुमा जस्तै यसपटकको हिउँ पर्ने सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटकहरु अलपत्र पर्न सक्ने सम्भावना भएकोले होटल बुक गरेर मात्र भ्रमणकालागि आउन उनको सुझाव छ ।

आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु)

दोलखा जिल्लाको कुरी गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर समुन्द्री सतहबाट ३,८४२ मिटरको उचाइमा पर्छ । यो मन्दिर, हिमालको दृश्य र हिउँ पर्ने गतिविधिका लागि प्रसिद्ध छ ।

हिउँ लाग्दा लापिलाङ पहिरोको त्रास उस्तै

एक वर्ष अघिदेखिको गएको पहिरोले कालिञ्चोक गाउँपालिका–५ लापिलाङका गणेशबहादुर श्रेष्ठको १० पाथिको खेत बगायो । श्रेष्ठले भने १० पाथि धानको बीउ जाने खेत बगायो, दुखले जोडेको घर मुनिसम्म पहिरो पुगेको छ कुन बेला तान्ने हो टुंगो छैन ।गणेश बहादुर एकजना प्रतिनिधि उदाहरणमात्रै हुन उनको घरसँगैका ४ घर त पहिरोमै मिल्यो । उनीहरुको जग्गा जमिन नै […]

कालिञ्चोक पुग्न गाह्रो, हेर्नुस् मुडेमै छ हिउँको मजा

दोलखाको पर्यटकीय गन्तव्यहरु कालिञ्चोक, सैलुङलगायतका क्षेत्र यतिखेर हिउँले सेताम्मे छ। ती गन्तव्यमा हिउँ खेल्न जानेहरुको संख्या पनि ह्वात्तै बढेको छ। तर, लगातार हिउँ पर्दा भने कालिञ्चोक र सैलुङ दुवैतिर गाडी पुग्न सक्ने अवस्था छैन।  सैलुङतिर जाने मानिसको संख्या कम भए पनि कालिञ्चोकमा जानेहरुको संख्या भने धेरै छ। तर, हिउँका