दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा शुक्रवार दिउँसोदेखि हिउँ पर्न शुरू भएको छ ।
कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भूभागमा सामान्य वर्षासहित हिमपात शुरू भएको हो ।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक शुक्रवार दिउँसोदेखि हिमपात शुरू भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए ।
हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरू भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँ पर्ने मुख्य याम शुक्रवारदेखि शुरू भएको हिमपात केही दिनसम्म रहन सक्न...