सिर्जनशील लघुवित्तले पायो आईपीओ खुला गर्ने अनुमति

२४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिर्जनशील लघुवित्तलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति दिएको छ । सोमबार बसेको बोर्ड बैठकले कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत प्रदान गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा […]

सम्बन्धित सामग्री

माथिल्लो मैलुङ खोलाको आईपीओ बिहीवारदेखि विक्री खुला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलि (बिहीवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको १० लाख कित्ता आईपीओमध्ये ९ हजार २०० कित्ता आईपीओसमेत सर्वसाधारणमा थप भएको छ । त्यस्तै सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । कम्पनीले पहिलो चरणमा साउन ४ देखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी भदौ १८ गते बाँडफाँट गरेको थियो । यस्तै स्थानीयमा साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरी असोज १ गते बाँडफाँट गरेको थियो ।  कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । विक्री अवधि छिटोमा असोज २२ गतेसम्म र ढिलोमा कात्तिक २ गतेसम्म तोकिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ समेत छिटो अवधि असोज २२ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।

माण्डु हाइड्रोपावरको आईपीओ आइतवारदेखि विक्री खुला

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आइतवारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमको आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । बाँकी रहेको आईपीओमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो आईपीओ विक्री अवधि छिटोमा भदौ १३ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि भदौ २४ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको छ । यही अवस्था दोहोरिएमा कम्पनीको आईपीओ पनि छिटो अवधि भदौ १३ गतेसम्म मात्र विक्रीमा रहनेछ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनाको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट औसत लागत १८ करोड २७ लाख रुपैयाँ छ ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ विहीवारदेखि विक्री खुला

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले भोलि (बिहीवार)देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ भने आयोजना प्रभावित स्थानीयमा २ लाख ६ हजार ७६० कित्ता आईपीओ बाँडफाँट गरिएको छ । स्थानीयका लागि ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याइएको थियो । कम्पनीले स्थानीयमा वितरण हुन नसकेको शेयरसमेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ ।   यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म शेयर माग गर्न सकिने व्यवस्था छ । यो आईपीओको विक्री अवधि छिटोमा साउन २२ गतेसम्मको लागि तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ३२ गतेसम्म विक्री अवधि लम्बिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ छ । प्रतिमेगावाट अनुमानित लागत भने २३ करोड ६८ लाख ४ हजार रुपैयाँ छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।

सिटिजन्स इन्सुरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं । सिटिजन्स लाइफ इन्सुरेन्सको आईपीओ खुलेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरिएको हो । इन्सुरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ । जसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार […]

वैदेशीक रोजगारीमा रहेकालाई बीपीडब्लु लघुवित्तको आईपीओ खुल्यो

२२ माघ, काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ माघ आइतबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट ९७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये […]

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ खुला

लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने कम्पनीले जना...

चार करोडको आईपीओ अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सीवाईसी लघुवित्त

साधारण सेयर (आईपीओ) अनुमति माग्दै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति मागेको हो ।धितोपत्र बोर्डबाट अनुमति पाएपछि लघुवित्तले चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । कम्पनीले बोर्डसँग ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ ।बाग्लुङ जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । हा

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ बुधवारदेखि विक्री खुला

साउन १९, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते (बुधवार) देखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ ।  कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  यो आईपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरीदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।  आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।  नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा शुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।  हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ बाँडफाँट पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको छ ।

जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेदेखि बिक्रि खुला

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न लागेको हो । यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा न्य