माण्डु हाइड्रोपावरको आईपीओ आइतवारदेखि विक्री खुला

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आइतवारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमको आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । बाँकी रहेको आईपीओमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो आईपीओ विक्री अवधि छिटोमा भदौ १३ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि भदौ २४ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको छ । यही अवस्था दोहोरिएमा कम्पनीको आईपीओ पनि छिटो अवधि भदौ १३ गतेसम्म मात्र विक्रीमा रहनेछ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनाको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट औसत लागत १८ करोड २७ लाख रुपैयाँ छ ।

सम्बन्धित सामग्री

माण्डु हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने - NepaliPatra

काठमाडौँ। माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आउँदो आइतबार बाँडफाँट गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा राखिएको छ। ‘समय भने फिक्स्ड भइसकेको छैन’, क्यापिटलका एक अधिकारीले भने। कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। […]

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

१० भदौ, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले आइतबारदेखि प्रिमियममा मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणबाट आवेदन माग गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड […]

माण्डु हाइड्रोपावरको आईपीओ स्थानीयमा ७९ लाख ३० हजार कित्ता बिकेन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा असार २८ गतेदेखि साउन २६ गतेसम्म २ लाख ७२ हजार ७३० कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा १ लाख ९३ हजार ७०० कित्ता आईपीओ साउन ३१ गते बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यस आधारमा स्थानीयका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये ७९ हजार ३० कित्ता शेयर भने वितरण हुन नसकेको देखिन्छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २८ गतेदेखि साउन ११ गतेसम्म विक्री गरेको आईपीओ साउन २१ गते बाँडफाँट गरिएको हो । सर्वसाधारणमा दोस्रो चरणमा विक्री गरिने आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको थियो ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गरेको हो । अब दोस्रो चरणमा सामूहिक लगानीकोष र कर्मचारीसमेत सर्वसाधारणमा आईपीओ विक्री हुनेछ । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट औसत लागत १८ करोड २७ लाख रुपैयाँ छ ।

माण्डु हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार २८ गतेदेखि साउन ११ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ साउन २१ गते बाँडफाँट गरेको हो । सर्वसाधारणमा दोस्रो चरणमा विक्री गरिने आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको थियो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार १० कित्ता देखि १ हजार ५०० कित्तासम्म माग गर्ने १३ हजार ६३६ आवेदकहरूलाई १० कित्ता र २० कित्तादेखि १ हजार ५०० कित्तासम्म माग गर्ने ५ हजार ६६५ जनामध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री खुला गरिएको छ । स्थानीयमा भने साउन २६ गतेसम्म आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो । स्थानीयका लागि विक्रीमा आएको शेयर खरीदका लागि ललितपुरको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत रू. ४ अर्ब १ करोड ९४ लाख ३७ हजार छ भने प्रतिमेगावाट औसत लागत रू. १८ करोड २७ लाख छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

माण्डु हाइड्रोपावरको आईपीओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?

२८ असार, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले २८ असार बिहीबारदेखि प्रिमियममा मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख […]