अयोध्या लैजाने शिला उत्खननस्थलमा क्षमापूजा

काठमाडौँ : भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शिला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ।बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिकविधि अनुसार क्षमापूजा गरेका हुन्।क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख

सम्बन्धित सामग्री

अयोध्यामा आकर्षणको केन्द्र बने कालीगण्डकीका शिला‚ मूर्ति बनाउन उब्जियो विवाद

म्याग्दी : भगवान रामको बाल वयको मूर्ति बनाउन गत माघ १२ गते श्रीपञ्चमीका दिन म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या लगिएका दुई वटा देवशिला (शालिग्राम) अहिले त्यहाँ आकर्षणको केन्द्र बनेका छन्।अहिले ती शिला अयोध्यास्थित राम जन्मभूमि कार्यशालाको चौराहादेखि ५ सय मिटर पर राखिएको छ। देवशिलाको दर्शन, पूजन र हेर्न दैनिक हजारौं भक्तजनहरूको भीड लाग्ने गरेको छ। शिलाको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ।देवशिलाबाट मूर्ति बनाउन विवादम

कालिगण्डकीका शिला केही अयोध्या पुगेर भगवान बन्दै, केही बगरमै अलपत्र

म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट लगिएको देव शिला भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान राम र सीताको मुख्य मूर्ति बनेर स्थापित हुँदै छ । तर, सोही नदीका अन्य देव शिलाहरु नदी बगरमा नै अलपत्र परेका हुन् । अयोध्या लगिएको कालीगण्डकीको शिलालाई वैज्ञानिकहरूले ६ करोड वर्ष पुरानो हो भनेर प्रमाणित गरेका छन् । त्रेतायुगमा एक […]

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

काठमाडौँ,२२ माघ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस प्रदेशले सङ्घीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा […]

कालिगण्डकीको शिला अयोध्यामा हस्तान्तरण

२० माघ, अयोध्या । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको हस्तान्तरण गरिएको छ । बिहिबार अयोध्यामा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन् । हिन्दू परम्परा अनुसार पूजापाठ गरी […]

अयोध्या पुग्यो कालीगण्डकीको देवशिला

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला लगिएको हो । आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्नेछ ।

देवशिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पुर्‍याइएको हो।...

भगवान रामको मूर्ति बनाउन अयोध्या लैजाने देव शिला [तस्वीर]

भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान रामको मूर्ति बनाउनका लागि अयोध्या लैजान कालीगण्डकी नदीबाट ट्रकमा राखि गलेश्वर शिवालय परिसरमा ल्याइएको देव शिला । यो शिलालाई बिहीबार विशेष पूजाअर्चना गरी जनकपुरको जानकी मन्दिर हुँदै अयोध्या पठाइँदै छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

अयोध्या पुग्दै कालीगण्डकीको शिला‚ क्षमापूजापछि गरियो हस्तान्तरण

म्याग्दी : म्याग्दी भएर बग्ने कालीगण्डकी नदीको देव शिला भगवान रामको जन्मभूमि मानिने भारतको फैजाबाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ।हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा बनाइने भगवान श्रीरामको बालरुपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला लैजाने सम्पूर्ण तयारी पूरा भएको छ।गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतबार बिहान १०ः२०को शुभसाइतमा धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन

कालिगण्डकीको शालीग्राम अयोध्या लगिने

विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालिगण्डकी नदीको शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लैजाने भएको छ । भारतको अयोध्यामा लैजाने कालिगण्डकीको शिलालाई पूजाआजासहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालिगण्डीको शिलालाई हिन्दूहरूको धार्मिकस्थल अयोध्यामा मूर्तिका रूपमा राख्न लागिएको हो । अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य […]

अयोध्या पठाइँदै कालीगण्डकीको शिला

कालीगण्डकी नदीका शिला (ढुंगा) भगवान् रामको मूर्ति बनाउन भारतको अयोध्या लगिने भएको छ । बेनीदेखि उत्तर गलेश्वरधामसम्म ३ किलोमिटर क्षेत्रबाट ती शिला पठाउन लागिएको हो । ‘कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिला पठाउँदै छौं,’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने ।