म्याग्दी : म्याग्दी भएर बग्ने कालीगण्डकी नदीको देव शिला भगवान रामको जन्मभूमि मानिने भारतको फैजाबाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ।हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा बनाइने भगवान श्रीरामको बालरुपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला लैजाने सम्पूर्ण तयारी पूरा भएको छ।गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतबार बिहान १०ः२०को शुभसाइतमा धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन