अयोध्यामा आकर्षणको केन्द्र बने कालीगण्डकीका शिला‚ मूर्ति बनाउन उब्जियो विवाद

म्याग्दी : भगवान रामको बाल वयको मूर्ति बनाउन गत माघ १२ गते श्रीपञ्चमीका दिन म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या लगिएका दुई वटा देवशिला (शालिग्राम) अहिले त्यहाँ आकर्षणको केन्द्र बनेका छन्।अहिले ती शिला अयोध्यास्थित राम जन्मभूमि कार्यशालाको चौराहादेखि ५ सय मिटर पर राखिएको छ। देवशिलाको दर्शन, पूजन र हेर्न दैनिक हजारौं भक्तजनहरूको भीड लाग्ने गरेको छ। शिलाको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ।देवशिलाबाट मूर्ति बनाउन विवादम