प्रदेश १ मा अक्सिजनको अभाव छैन

बिराटनगर । कोरोना संक्रमणको दर बढेसँगै अहिले अन्य प्रदेशका कोभिड विषेश अस्पतालमा अक्सिजनको चरम अभाव छ । गम्भीर प्रकारका संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको अभावले राजधानीसहित देशका विभिन्न अस्पतालमा बिरामीले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरी र मोरङबाट अक्सिजन आपूर्ति हुन थालेको छ ।अक्सिजनको सहायतामा उपचार गर्नु...

सम्बन्धित सामग्री

कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिइने

विराटनगर प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी प्रवन्ध मिलाउनले जनाएको छ ।

दुर्गमका अस्पताललाई चौधरी ग्रूपको सहयोग

विराटनगर । जिल्ला अस्पताल भोजपुर र इलामलाई चौधरी ग्र्रूपले दुई÷दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक कार्यालयको स्थापना गरेको चौधरी ग्र्रूपले ती दुई अस्पताललाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो । प्रदेश सांसद शेखरचन्द्र थापाले कार्यालयको उद्घाटन गर्दै एक कार्यक्रमका बीच चार थान अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरे । चौधरी ग्रूपको चौधरी फाउण्डेसनले कोभिड–१९ को महामारी नियन्त्रण र न्यूनीकरणका लागि मुलुकमा महŒवपूर्ण योगदान पु¥याइरहेको थापाले बताए । कार्यक्रममा कार्यालयका प्रदेश १ का बजार प्रतिनिधिका प्रमुख, नबिल बैंकका प्रादेशिक प्रमुख सुबोध लोहनी लगायतको उपस्थिति थियो । यसअघि आफ्ना उद्योगमार्फत गरिएका उत्पादनलाई बजारसम्म पु¥याउने काम मात्रै गरिरहेको चौधरी ग्रूपले पहिलोपटक विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको छ । सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उद्देश्य राखेर व्यापारिक घरानाले कार्यालय सञ्चालनमा ल्याएको जानकारी कार्यालयका प्रमुख रामजी कटुवालले दिए । दुर्गम जिल्लामा अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा भइरहेको जटिलतालाई केही हदसम्म सहज बनाउने प्रयासस्वरूप कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरिएको उनले बताए । आगामी दिनमा पनि चौधरी फाउण्डेसनले सहयोगलाई निरन्तरता दिने अपेक्षा उनले गरे । सहयोगलाई निरन्तरता दिन कोरोना महामारीमा विभिन्न स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य सामग्रीको अभाव, बिरामीको उपचारमा भइरहेको असहजता तथा समस्याबारे अध्ययन भइरहेको उनको भनाइ छ । विगतदेखि नै विपद्, शिक्षा र स्वास्थ्य क्षेत्रमा चौधरी गू्रपले आफ्नो फाउण्डेसनमार्फत सहयोग गरिरहेको कटुवालले बताए । सुनसरीमा रहेको सीजी फुड्स उद्योगमार्फत वाईवाई चाउचाउ, स्न्याक्स, क्विक्स चिप्स लगायतको उत्पादन हुँदै आएको छ ।

अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई १७ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । जिल्लामा कोरोना संक्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा संघले मंगलवार उक्त संख्यामा सिलिण्डर उपलब्ध गराएको हो ।           ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य संघले यसअघि गएको शुक्रवार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।       प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारीलगायत दाताको सहयोगबाट दुईपटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराइएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ संक्रमित बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य संघले लिएको छ । रासस

जिल्ला अस्पताल ताप्लेजुङलाई १७ थान अक्सिजन सिलिण्डर प्रदान

जेठ ४, ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले १७ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ ।  जिल्लामा कोरोना संक्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य संघले मंगलवार सिलिण्डर उपलब्ध गराएको हो । ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य संघले यसअघि गएको शुक्रवार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।  प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारीलगायत दाताको सहयोगबाट दुईपटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।  जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ संक्रमित भएका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य संघले लिएको छ । रासस

आवश्यक स्थानमा अक्सिजन पठाउँदै प्रदेश १

विराटनगर । अक्सिजनको अभाव भएर कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला प्रदेश १ बाट मुलुकका अन्य स्थानमा अक्सिजन पठाउन थालिएको छ । मोरङ र सुनसरी प्रशासनको समन्वयमा आवश्यकता र प्राथमिकताका आधारमा अक्सिजन पठाउन थालिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेशमा अहिले अक्सिजन अभाव नरहेको बताए । प्रदेशमा आवश्यकताभन्दा बढी नै उत्पादन भइरहेकाले अति अभाव रहेका अन्य स्थानमा पठाउन सहज भएको उनको भनाइ छ । अक्सिजन आवश्यक पर्ने गम्भीर प्रकृतिका संक्रमितको अकालमै ज्यान गइरहेको अवस्थालाई रोक्ने प्रयास स्वरूप अक्सिजन पठाउने काम भइरहेको निरौलाले बताए । उनका अनुसार यसअघि सामान्य अवस्थामा सिरहा, सप्तरी, धनुषा लगायतसम्म प्रदेश १ बाट अक्सिजन जाने गरेको थियो । तर अहिले कोरोनाका कारण सबैतिर अक्सिजनको हाहाकार हुँदा भैरहवा, डँडेलधुरा, काठमाडौं, मकवानपुर, दाङलगायत स्थानलाई पनि प्रदेश १ मा रहेका उद्योगले भरथेग गनुपर्ने अवस्था आएको प्रजिअ निरौलाको भनाइ छ । माग भएका स्थानबाट खाली सिलिन्डर ल्याइएपछि मोरङ र सुनसरीमा रहेका उद्योगले भरेर पठाउने गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताए । नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर अक्सिजन पठाउने गरिएको छ । सेनाको जहाजबाट शनिवार पनि दुईपटक भैरहवामा अक्सिजन लगिएको छ भने ढुवानीका अन्य साधनको प्रयोग गरेर स्थलमार्ग हुँदै ५९२ सिलिन्डर बाहिर पठाइएको छ । एसपी खड्काले अक्सिजनको अभाव खड्किएका बेला प्रदेश १ ले ठूलो योगदान गरिरहेको बताए । एक साताको अवधिमा सुनसरीबाट २ हजारभन्दा बढी सिलिन्डर अक्सिजन बाहिर पठाइसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । संक्रमण तीव्र रूपमा फैलिएर अक्सिजनको माग बढ्दा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएकाले आवश्यकता परेका स्थानमा पठाउन थालिएको उनको भनाइ छ । मोरङमा दुई र सुनसरीमा तीनओटा अक्सिजन उद्योग छन् । सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन् । प्रदेश १ मा भने अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म अक्सिजन खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । अक्सिजनमा प्रदेश आत्मनिर्भर रहेको उनको भनाइ  छ । यसैबीच, संघीय राजधानीमा अक्सिजनको कमी हुन थालेपछि नेपाली सेनाको जहाजले खाली सिलिण्डर विराटनगर विमानस्थलसम्म ल्याउने र सुनसरी मोरङमा रहेका अक्सिजन प्लान्टबाट अक्सिजन भरेर राजधानी लैजान थालेको छ । नेपाली सेनाले वैशाख २९ गतेदेखि त्यसरी अक्सिजन सिलिण्डर भरेर राजधानी लैजान थालेको हो । पहिलोपटक संखुवासभाबाट संकलन गरिएका १५० थान अक्सिजन सिलिण्डर सुनसरीका हिमाल, मारुती र दुर्गा अक्सिजन प्लान्टमा भरेर ट्रक मार्फत राजधानी पठाइएको थियो । त्यसैगरी वैशाख ३० गते ६० ओटा खाली सिलिण्डर विनायक अक्सिजन प्लान्टमा भरेर भैरव गण मोरङले राजधानी पठाएको थियो । ३१ वैशाखमा कृष्णदल गणले जहाजबाट आएका ६० ओटा अक्सिजन सिलिण्डर सुनसरीको पाथीभरा अक्सिजन प्लान्टमा भरेर राजधानी पठाएको थियो । जेठ १ गते ६० ओटा सिलिण्डर भरेर सेनाको जहाजमार्फत भैरहवा लगिएको सैनिक स्रोतले बताएको छ ।

ताप्लेजुङ अस्पतालमा अक्सिजनको अभाव टार्न पहल सुरु

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ र प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई समेत अक्सिजन व्यवस्थापनको कार्यमा सघाउन अनुरोध ...

वीपी प्रतिष्ठानमा खपतभन्दा चार गुणा बढी अक्सिजन

वैशाख १८, धरान । छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गएपछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ ।  अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवस्था आइरहेको छ ।  प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गएपछि कोभिड अस्पतालहरु तयारी अवस्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुन नदिन अक्सिजन प्लान्ट निर्माण गर्नेतर्फ पनि योजना अघि सारेको छ ।  सोमवार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको तयारीको अवस्थामा बुझ्दै अक्सिजन पर्याप्त मात्रामा राख्न निर्देशन समेत गरेका छन् ।  प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट हुँदा पनि पहिलो चरणको कोरोना संक्रमणको बेलामा कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितहरुको मृत्यु समेत भएको थियो । अहिले भने पूर्णरुपमा धान्न सक्ने अवस्थामा तयारी गरेको प्रतिष्ठानले जानकारी दिएको छ । अघिल्लो वर्षको कोरोना संक्रमणको समयमा कोभिड अस्पताल पूर्णरुपमा तयारी नहुँदा बिरामीहरुले अक्सिजन पाउन नसक्दा आलोचना खेप्नु परेको थियो ।  प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामनी पोखरेलका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत क्षमताभन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको उनले बताए ।  उनले भने, ‘अघिल्लो वर्ष ४ ओटा टावलमध्ये दुई ओटा मात्रै सञ्चालनमा थियो, २ ओटा बिग्रिएको थियो, त्यसैले प्राविधिक समस्या भयो, अहिले फुल फेसमा ४ ओटै टावल सञ्चालनमा छन्, त्यसैले कुनै समस्या आउँदैन ।’   प्रतिष्ठानका सबै विभागहरुमा प्रयोग भएको अक्सिजन ४०० देखि ५०० लिटर प्रति मिनेट रहेको छ । खपतभन्दा पनि चार गुणा बढी उत्पादन भएकाले कुनै समस्या नआउने पोखरेलको भनाइ छ ।  उनले भने, ‘पिक आवरमा पनि ४० प्रतिशत मात्रै खपत हुने गरेको छ, कोभिड अस्पतालमा १०० जना बिरामी नै भर्ना भए पनि धान्न सक्ने अवस्थामा रहेको छ ।’ प्रतिष्ठानमा उत्पादन भएको अक्सिजन करीब ४०० देखि ५०० बिरामी भर्ना भए पनि धान्न सक्ने छ ।  कोभिड अस्पतालमा पूरै १०० बेडमै अक्सिजन पाइपलाइन विस्तार गरिसकेको छ । पाइपलाइनमा कुनै समस्या आए विकल्पका लागि सिलिण्डरबाट पनि पाइपलाइनमा जोड्न सकिने व्यवस्था गरिएको छ । अहिले स्टक राख्नु पर्ने अवस्था नरहेपनि बिरामीको संख्या बढ्दै गएमा तयारी रहन सिलिण्डर थप गर्ने तयारी गरिएको उनले बताए । उनले भने, उत्पादन क्षमता अधिकतम हो, भोलिका दिनमा सर्टेज हुन सक्ने कुरालाई मध्यनजर गर्दै प्लान्ट थप्ने कि भन्ने कुरा पनि हुँदैछ, तर ठोस निर्णय भएको छैन ।’

मोरङ र सुनसरीमा मात्र पाँचवटा ठूला अक्सिजन प्लान्ट

विराटनगर । कोरोनाको दोश्रो लहर सुरु भएसँगै अधिकांश संक्रमितलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्था देखिएको छ । यही अवस्था लामो समयसम्म जारी रहे भविष्यमा गम्भीर खालको बिरामीका लागि धेरै अक्सिजन खपत हुन सक्छ ।तर प्रदेश १ मा अक्सिजनको अभाव झेल्नु नपर्ने अवस्था रहेको अक्सिजन प्लान्ट उद्योगीहरुले जनाएका छन् । उनीहरुका अनुसार प्रदेशमा अक्सिजन उत्पादनको अवस्था सन्तोषजनक रहे पनि सिलिण्डर भने कुनै पनि समय अभाव हुन सक्ने देखिएको छ ।डिलरहरुमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फ