मोरङ र सुनसरीमा मात्र पाँचवटा ठूला अक्सिजन प्लान्ट

विराटनगर । कोरोनाको दोश्रो लहर सुरु भएसँगै अधिकांश संक्रमितलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्था देखिएको छ । यही अवस्था लामो समयसम्म जारी रहे भविष्यमा गम्भीर खालको बिरामीका लागि धेरै अक्सिजन खपत हुन सक्छ ।तर प्रदेश १ मा अक्सिजनको अभाव झेल्नु नपर्ने अवस्था रहेको अक्सिजन प्लान्ट उद्योगीहरुले जनाएका छन् । उनीहरुका अनुसार प्रदेशमा अक्सिजन उत्पादनको अवस्था सन्तोषजनक रहे पनि सिलिण्डर भने कुनै पनि समय अभाव हुन सक्ने देखिएको छ ।डिलरहरुमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फ