दुर्गमका अस्पताललाई चौधरी ग्रूपको सहयोग

विराटनगर । जिल्ला अस्पताल भोजपुर र इलामलाई चौधरी ग्र्रूपले दुई÷दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक कार्यालयको स्थापना गरेको चौधरी ग्र्रूपले ती दुई अस्पताललाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो । प्रदेश सांसद शेखरचन्द्र थापाले कार्यालयको उद्घाटन गर्दै एक कार्यक्रमका बीच चार थान अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरे । चौधरी ग्रूपको चौधरी फाउण्डेसनले कोभिड–१९ को महामारी नियन्त्रण र न्यूनीकरणका लागि मुलुकमा महŒवपूर्ण योगदान पु¥याइरहेको थापाले बताए । कार्यक्रममा कार्यालयका प्रदेश १ का बजार प्रतिनिधिका प्रमुख, नबिल बैंकका प्रादेशिक प्रमुख सुबोध लोहनी लगायतको उपस्थिति थियो । यसअघि आफ्ना उद्योगमार्फत गरिएका उत्पादनलाई बजारसम्म पु¥याउने काम मात्रै गरिरहेको चौधरी ग्रूपले पहिलोपटक विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको छ । सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उद्देश्य राखेर व्यापारिक घरानाले कार्यालय सञ्चालनमा ल्याएको जानकारी कार्यालयका प्रमुख रामजी कटुवालले दिए । दुर्गम जिल्लामा अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा भइरहेको जटिलतालाई केही हदसम्म सहज बनाउने प्रयासस्वरूप कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरिएको उनले बताए । आगामी दिनमा पनि चौधरी फाउण्डेसनले सहयोगलाई निरन्तरता दिने अपेक्षा उनले गरे । सहयोगलाई निरन्तरता दिन कोरोना महामारीमा विभिन्न स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य सामग्रीको अभाव, बिरामीको उपचारमा भइरहेको असहजता तथा समस्याबारे अध्ययन भइरहेको उनको भनाइ छ । विगतदेखि नै विपद्, शिक्षा र स्वास्थ्य क्षेत्रमा चौधरी गू्रपले आफ्नो फाउण्डेसनमार्फत सहयोग गरिरहेको कटुवालले बताए । सुनसरीमा रहेको सीजी फुड्स उद्योगमार्फत वाईवाई चाउचाउ, स्न्याक्स, क्विक्स चिप्स लगायतको उत्पादन हुँदै आएको छ ।