अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई १७ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । जिल्लामा कोरोना संक्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा संघले मंगलवार उक्त संख्यामा सिलिण्डर उपलब्ध गराएको हो ।           ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य संघले यसअघि गएको शुक्रवार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।       प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारीलगायत दाताको सहयोगबाट दुईपटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराइएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ संक्रमित बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य संघले लिएको छ । रासस

सम्बन्धित सामग्री

अक्सिजन सिलिण्डर र भेण्टिलेटर सहयोग

अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्।...

परिसंघद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान […]

दुई दिनमा चीनबाट ल्याइयो ९७५ थान अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आइतबार र सोमबार गरी चीनबाट ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ। आइतबार ४०० र सोमबार ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर चीनबाट ल्याइएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको उनले जनाए।

कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर

धादिङ। ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्। महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो। फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए।अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

काठमाडौँ । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर […]

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

अक्सिजन सिलिण्डर संकलनमा प्रहरी सक्रियता

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र पारिएको छ । गृह मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ । …

ललितपुरका चार अस्पताललाई अक्सिजन सिलिण्डर

२३ वैशाख, काठमाडौं । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट संकलित अक्सिजन सिलिण्डर कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान […]