नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न भैसकेपछि विधान अनुसार तृण तहदेखि टुप्पो तहसम्मको निर्वाचन भइसकेर पार्टीले आफ्नो आन्तरिक स्पन्दनलाई संस्थागत गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अपेक्षाभन्दा फरक ढंगले दलभित्र मजबुत भएर उदाएका छन् । अहिले सरकार गठबन्धनको भएपनि यो गठबन्धनको स्थायित्व उनकै चाहनामा टिकेको छ । देउवाले चाहेको खण्डमा सरकारका सहयोगी दलहरुको उत्थान र पतन अल्झिएको छ । सरसर्ती हेर्दा देउवाको नेतृत्वले सरकार र पार्टीमा निरन्तरता पाइरहेको अवस्था छ । तर पनि काँग्रेस संकटले