महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले स्थानीय तहको चुनावमा ऊर्जाशील हुन आग्रह गरेकी छन् । नेपाल महिला संघले काँग्रेस महाधिवेशनमा निर्वाचित महिलालाई गरेको सम्मान कार्यक्रममा मन्त्री रेग्मीले पार्टीको चुनावमा पराजित हुँदैमा निराश भएर नबस्न आग्रह गरिन् । उनले काँग्रेसको पदाधिकारीमा बल्ल एक जना महिलाको सहभागिता सुनिश्चित भएको बताइन् । पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको भन्दै मन्त्री रेग्मीले पदाधिकारीमा महिलाको सङ्ख्या बढाउनु पर्ने बताइन् ।