मन्त्री रेग्मी वीर अस्पतालमा भर्ना

महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो ।टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्री निवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जान