लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङको मौरिघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि योजना बनाउँदै पर्यटनलाई रोजगारसँग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, राजधानीलाई व्यवस्थित गर्ने कुरा मेरो प्रथामिकता हो, सँगै पर्यटनलाई रोजगारसँग जोडेर काम गर्नुपर्ने देखिएको छ ।