दाङ – लुम्बिनी प्रदेश ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार पदभार ग्रहण गरेका छन्। बिहीबार पद तथा गोपनीयताको शपथ लिएका मन्त्री चौधरीले शुक्रबार प्रदेशको स्थायी राजधानी देउखुरीमा स्थापना भएको मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्। उनले स्थायी राजधानी कार्यान्वयनलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका छन्। ‘हाम्रो मन्त्रालयको कामअन्तर्गत राजधानी व्यवस्थापन पनि पर्छ। मन्त्रालय नै यहीँ छ’, […]