नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै गिजोल्नु गिजोलेर भए पनि एमसीसी पारित गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।