नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् । ‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो’, काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने। समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ । एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उनले जिकिर गरे ।उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद