काठमाडौँ । नेपालले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेकामा अमेरिकी सांसदहरूले आभार प्रकट गरेका छन् । काठमाडौँ आइपुगेका अमेरिकी सांसदहरूले एमसीसी अनुमोदनले नेपालको विकासमा सहयोग पुग्ने बताए । नेपाल–अमेरिका संसदीय मैत्री समूहले शनिवार राजधानीमा अन्तर्क्रिया राखेको थियो । उक्त अन्तर्क्रियामा अमेरिकी सांसदहरूले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासमा निरन्तर सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताए […]