काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया सुरु गरेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा कार्यक्रम गरिने आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक […]