आचारसंहिता कार्यान्वयन गर्न आयोग गम्भीर छ : आयुक्त जबरा

निर्वाचन आयुक्त सगुनशमशेर जबराले निर्वाचन आचारसंहिता कार्यान्वयन लागि आयोग गम्भिर रहेको बताएका छन् । उनले विगतभन्दा धेरै कुरामा सुधार गरेर आचारसंहिता कार्यान्वयन गर्ने काम भइरहेको समेत बताए । बुटवलमा शनिबार आयोजित स्थानीय तह निर्वाचनबारे मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अहिले मिडिया पनि जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा निर्वाचन आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानूनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संव

सम्बन्धित सामग्री

आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मक बाटोमा : आयुक्त डा तुलाधर

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले बताएकी छन् । निर्वाचनको तयारीका सम्बन्धमा आज नुवाकोटमा अनुगमनका लागि आएका आयुक्त डा तुलाधरले आयोगमा हालसम्म आचारसंहिता उल्लङ्घनका २८ वटा उजुरी परेकामा त्यसमध्ये ११ जनालाई जरिवाना तिराएको जानकारी दिइन् । ‘आचारसंहिता उल्लङ्घनका […]

बिरामीको बहानामा हेलिकाेप्टर प्रयोग

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकाेप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । आज निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफलमा उहाँले हेलिकाेप्टरको प्रयोगको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बन्न गृह मन्त्रालयलाई आग्रह […]

बिरामीको बहानामा चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी

२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा बिरामी भएको नाटक गरेर चुनावमा हेलिकप्टर प्रयोग गरेको उजुरी परेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हेलिकप्टर प्रयोगको विषयमा दुईवटा उजुरी परेको बताए । आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गरेर हेलिकप्टर प्रयोग […]

आचारसंहिता कार्यान्वयन गराउन आयोग कटिबद्ध छ : प्रमुख आयुक्त

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आचारसंहितालाई थप कडाइका साथ अनुगमन गरिने बताएका छन् । आयोग मुख्यालयमा भर्खरै गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचनको निष्ठा कायम गराउन आचारसंहिता कार्यान्वयन गराउन आयोग...

आचारसंहिताको गम्भीर उल्लंघन पाइए जरिवाना र कारबाही हुन्छ  : आयुक्त भण्डारी

वैशाख २९, काठमाडौं । निर्वाचन आयोगले शुक्रवार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि शुरुभएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।            यस अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई आचारसंहिता उल्लंघनन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ ।            आयोगले आचारसंहिताविपरीत दल र उम्मेदवार तथा अन्य पक्षले गर्न सक्ने क्रियाकलापको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाएको छ । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगममन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । सहायक निर्वाचन अधिकृतलाई अनुगमन अधिकृत तोकेको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्योजनसहित १७ ओटा विशेष अनुगमन टोली खटाइएको छ । सो टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउनेछ । आयोगले आचारसंहिता कार्यान्वयन भएयता विभिन्न पार्टीका शीर्ष नेता, मुख्यमन्त्री, उम्मेदवार, सरकारी ओहोदामा रहेका व्यक्ति, पत्रकारका सङ्गठन र सञ्चारमाध्यमलाई गरी करीब १०० ओटा स्पष्टीकरण सोधको छ ।             त्यसमध्ये केहीलाई ध्यानाकर्षण र सचेत गराइएको छ भने अनुगमन र छानविनको क्रम जारी राखेको छ । आयोगमा अनुगमन हेर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । आयुक्त भण्डारीले हालसम्मको जानकारीमा उम्मेदवारले दिएका द्वेशपूर्ण अभिव्यक्ति दिएको, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचरण पालना नगरेको, निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको, आर्थिक प्रलोभन देखाइएको, कतिपय सरकारी कर्मचारीले कुनै दलको पक्षधरता देखाएको जस्ता प्रकृतिका उजुरी प्राप्त भएको भएको बताए।            आचारसंहिता उलङ्घन गर्नेलाई आयोगले स्पष्टीकरण मात्र सोध्ने हो कि अन्य कारबाही पनि गर्ने हो रु भन्ने प्रश्नमा आयुक्त भण्डारीले भन्नुभयो, “प्राकृतिक न्यायका आधारमा उलङ्घनकर्ता वा त्यसको आरोप लागेका व्यक्तिलाई सफाइको मौका दिनका लागि पनि स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । प्राप्त जवाफ र तथ्य, प्रमाणका आधारमा सामान्य घटना भएमा तामेलीमा राख्ने, गल्ती गरेको अवस्थामा जवाफकर्ताले आत्मालोचना गरेमा वा गल्ती नगर्ने प्रतिबद्धता जनाएमा सचेत गराउने कारबाही हुन्छ ।            गम्भीर प्रकृतिको उलङ्घन भएको पाइएमा जरिवाना र अन्य कारबाहीबारे निर्णय गरिन्छ । भण्डारीका अनुसार आचारसंहिता सबैका लागि उत्तिकै लागू हुने र आयोगको स्रोत साधनले सबैतिर अनुगमन गर्न पहुँच नपुगेको हुन सक्ने भएकाले यसमा सचेत नागरिक, जिम्मेवार सबै पक्षले सघाउनुपर्छ ।        मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने बातावरण निर्माण गर्न आयोगले आह्वान गरेको छ ।            सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सृजना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ ।             मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन हुँदैन । रासस

निर्वाचन आचारसंहिता आजैदेखि लागू, उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ। आयोगले कार्यालयमा पत्रकार सम्मेलन गर्दै मतदानको ३५ दिनअघि आचारसंहिता लागू गरेको हो। आचारसंहिता यसअघि नै  राजपत्रमा प्रकाशित भइसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन  हुनेमा आफूहरु ढुक्क रहेको बताए। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै प्रमुख आयुक्त थपलियाले उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आयोग दृढ रहेको बताए। ‘हरेक निर्वाचनका बेला

तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ । त्यो जिम्मेवारी जिल्ला निर्वाचन कार्यालय खुलेपछि निर्वाचन अधिकृतहरूले सम्हाल्नेछन्’ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रा