निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता

९ असोज, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । आयोगले आइतबार आचारसंहिता कार्यान्वयनबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो । एक सहभागीका अनुसार छलफलमा प्रधानमन्त्री र गृहमन्त्री केही बोलेनन् । दलका प्रतिनिधिहरुले भने प्रधानमन्त्री र […]

सम्बन्धित सामग्री

आयोगलाई माधव नेपालको स्पष्टीकरण– मैले कसैलाई आर्थिक प्रलोभन देखाएको छैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारको क्रममा आफूले मतदातालाई प्रलोभन देखाउनेगरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।  आइतबार निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । चार बुँदामा स्पष्टीकरण दिँदै उनले भनेका छन्, "पत्रमा भनिएजस्ता निर्वाचनको सिलसिलामा मैले कुनै...

ओखलढुंगाका राजनीतिक दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता

ओखलढुंगा । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । ओखलढुंगाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा आचारसंहिता पालना गर्न जिल्लास्थित राजनीतिक दलहरू सहमत भएका हुन् । निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले छलफल आयोजना गरेको हो […]

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्