यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि व्यवसायी वैद्यनाथ साहले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । असहाय संरक्षण मञ्चका अध्यक्ष समेत रहेका साहले शनिवार पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।साहले विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै जनकपुरधामवासीले आफूलाई विश्वास गरेर मत दिने बताए । साहले जनकपुरधामलाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्थल बनाउने बताए ।उन